रगत चाहियो ? सुनिललाई सम्पर्क गर्दा हुन्छ

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ साविकको सुदुर र मध्यपश्चिमको हब नेपालगञ्जमा प्रायः रगतको अभाव हुन्छ । रगतको अभाव हुन नदिन धेरै संस्था र व्यक्तिहरु क्रियाशिल छन् । त्यस मध्येका एक हुन् सुनिल परियार ।

सुनिलले पछिल्लो समय सर्वाधिक प्रयोगमा रहेको फेसबुक ग्रुपलाई रगतको अभाव पूर्ति गर्ने माध्यम बनाएका छन् । उनको पहलमा ब्लड डोनेसन ग्रुप, बाँके नामक फेसबुक ग्रुप सञ्चालनमा छ । जसको काम रगत अभाब भएको सूचना सम्प्रेषण गर्ने, रक्तदाताहरु खोजेर रगतको अभाव पूर्ति गर्ने हो ।

२०५० साउन १ गते बुवा दल बहादुर दर्जी, आमा कमलाको कोखबाट नेपालगञ्ज २ बाँकेमा जन्मिई नेपालगञ्ज ४ मा बस्दै आएका सुनिलले २०२० जुलाई २० मा उक्त फेसबुक ग्रुप खोलेका थिए । कोभिडको दोश्रो लहर शुरु हुँदा भईरहेको रगतको अभावका कारण नेपालगञ्ज ग्यालरीको प्रभावले ग्रुप खालेको उनी बताउँछन् । मान्छेलाई रगत खोज्न सहयोग होस् भनेर अन्य ग्यालरी धेरै भए पनि रक्तदानको ग्यालरी नभएको बेला उक्त ग्रुप खालेको उनको भनाई छ । अग्रज दाई महेश श्रेष्ठले ग्रुप बनाई दिएपछि आफुले उक्त ग्रुप चलाउन शुरु गरेको उनले बताए ।

रक्तदान कार्यक्रम नगरि बिरामीहरुलाई आवश्यक भएको बेला रगत दिन अनुरोध गर्दै सुनिल नेतृत्वको उक्त ग्रुपले धेरैलाई रगत दिन उत्प्रेरणा समेत प्रदान गरिरहेको छ ।

उक्त ग्रुपको पहलमा हाल सम्म १३४२ प्रिन्ट रक्तदान भएको छ । ग्रुपका सदस्यहरुले १५ पटक भन्दा बढि रक्तदान गरेका छन् ।
यस ग्रुपमा हाल १० हजार ३ सय जना सदस्य रहेका छन् ।

परियारका अनुसार यस ग्रुपमा दुर्लभ रक्त समूहका व्यक्तिहरु पनि सदस्य छन् ।

मानविय कार्यमा सक्रिय यस ग्रुपको लोकप्रियता पछिल्लो दिन झनै बढेर गएको छ । अहिले ग्रुपका सञ्चालक परियारलाई दैनिक सयौं फोनहरु आउने गरेकोछ रगतको लागि भने ग्रुपमा ग्रुपमा रगत आवश्यक भएको पोष्टहरु पनि आउने गरेको छ । रगत आवश्यक भएको जानकारी पाउने बित्तिकै ग्रुपको पहलमा रगत बिरामीहरुले पाउने गरेका छन् ।

बाँके जिल्लाका बिभिन्न अस्पतालहरुमा भर्ना भएका बिरामीहरुलाई रगत उपलब्ध गराउँदै आएको यस ग्रुपले गरेको मानविय कार्यको सह्राना हुँदै आएको छ ।

मानबतालाई जीवनको आदर्श ठानेका परियार मानविय भावनाले ओतप्रोत भएर काम गरिरहेका छन् । उनको कार्यको प्रशंसा गर्दै उनलाई बिभिन्न संघ, संस्थाहरुले सम्मान गर्न थालेका छन् । बास नेपालले युवा दिवस २०२४ को अवसरमा बास, ब्राईटल्याण्ड युवा पुरस्कार प्रदान गरेका थियो ।

आपतकालिन अवस्थामा रहेका बिरामीलाई रगत ब्यवस्थापन गर्ने काममा सुनिल सधैं अग्रसर बनुन् हाम्रो शुभकामना ।

 

  • २९ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • Nabintech