नेपालगञ्ज/ कर सेवा बारे नागरिक र कर प्रशासन बिच दोहोरो सम्बाद भएको छ ।

आन्तरिक राजस्व कार्यालय, नेपालगञ्ज र बास नेपालको संयुक्त आयोजनामा भएको करदाता शिक्षा कार्यक्रममा दोहोरो सम्बाद भएको हो ।
नागरिक समाज, उद्योगि, व्यवसायीहरुले कर सेवा नागरिक मैत्री नभएको, बिभिन्न समस्याहरु भोगिरहेको बताएका थिए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्जका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र कुमार जोशी, महिला उद्यमी बिन्दु जोशी, बरिष्ठ कलाकार सुन्दर गुरुंग, उद्योगि, व्यवसायी मणिराम बटाला, गगन थापा लगायतले बिभिन्न प्रश्नहरु सोधेका थिए । सोधेका प्रश्नहरुको उत्तर आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्ण प्रसाद न्यौपानेले उत्तर दिएका थिए ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा कर अधिकृत उदयराम केसीले करका बारेमा प्रश्तुतिकरण गरेका थिए ।
बास नेपालका कार्यबाहक केन्द्रीय अध्यक्ष दिला शाहले सञ्चालन गरेको कार्यक्रममा ६० बढिको सहभागिता रहेको थियो ।











