जानकीमा सार्बजनिक सुनुवाई, ६ बुद्धे प्रतिबद्धता घोषणा

असल शासन प्रतिनिधि

नेपालगञ्ज /  जानकी गाँउपालिकाले शुक्रवार एक कार्यक्रममा ६ बुद्धे साझा प्रतिबद्धता घोषणा गरेको छ ।

जानकी गाँउपालिकाको आयोजना र बास नेपालको सहजीकरणमा आज जानकी गाउँपालिकामा सम्पन्न भएको सार्बजनिक सुनुवाई कार्यक्रममा उक्त प्रतिबद्धता घोषणा गरिएको हो ।

एक सय असी बढिको उपस्थितिमा सञ्चालन गरिएको सार्बजनिक सुनुवाईमा सरोकारवालाहरु समक्ष आफ्ना समुदायमा भएका समस्याहरु लाई लिएर सेवाग्राहीहरुले प्रश्न राखेका थिए । जानकी गाउँपालिकामा हुलाकी राजमार्गमा सडक बत्ती जडान नभएको, फाहोरमैला ब्यवस्थापनमा ध्यान नदिएको, ऐलानी जग्गा प्राईभेट कम्पनीलाई प्रयोगमा दिएको, लक्षित बर्ग उत्थान कार्यक्रम प्रभावकारी नभएको, बेलभा बत्ती जडान नगरिएको,क्षेत्रमा पालिकाले अनुगमण नगर्ने गरेको लगायतका गुनासाहरु राखेका थिए ।

गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष राम प्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत नर बहादुर बिक, वडा नम्बर १ देखी वडा नम्बर ६ सम्मका वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरु सार्बजनिक सुनुवाईका प्रमुख सरोकारवाला ब्यक्तिहरु रहेका थियो भने गुनासोहरुको समाधान पालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत वडा अध्यक्षहरुले प्रश्नको जवाफ दिएका थिए ।

३ घण्टा सम्म चलेको खुल्ला छलफलबाट ६ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता घोषण गरिएको थियो भने प्रतिबद्धताहरुमा जानकी गाउँपालिका वडा नं २ मा बिजुलीको पोल आबश्यक्ता रहेको भन्ने माग रहि आएकोले आगामी आ.व मा बिजुलीको पोल बिद्युतको समन्वयमा गाड्ने, पालिकालाई सफा स्वस्थ बनाउन आगामी आ.व देखी फोहोरमैला ब्यवस्थापन कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने, पालिका अन्तर्गतका बिभिन्न वडा भित्रका टोलहरुमा सडक तथा बाटो निर्माण माग भई आएकोले आगामी आवमा क्रमश निर्माण गर्दै जाने, सार्बजनिक ऐलानी जग्गाको अगाडी वा पछाडी किसानहरुको सहजताको लागि आबश्यक्ताको आधारमा बाटो निकास दिने,गाउँपालिकाको शिक्षामा सुधार गर्न तथा शिक्षाको गुणस्तर उकास्न समय समयमा प्रभावकारी अनुगमन गरी कार्य सम्पादनको आधारमा सममान तथा आबश्यक्ता कार्बाही गर्ने रणनिति लिने, सार्बजनिक सुनुवाई कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न आगामी कार्यक्रमामा सहभागी बृदि गर्ने लगायतका रहेका छन् ।

अनौपचारीक रुपमा सञ्चालन गरिएको सार्बजनिक सुनुवाई कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले प्रकाश पारेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर बिकले गाउँपालिकाको प्रगती तथा उपलब्धिहरुको बारेमा जानकारी गराएको कार्यक्रममा नागरिक प्रतिबेदन पत्र तथा बहिगमन अभिमतका साथै कार्यक्रम सहजिकरण बास नेपालका अधिलेखीकरण अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

  • २० असार २०८२, शुक्रबार प्रकाशित

  • Nabintech