दैलेख/ दैलेखको आठबीस नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि सकारात्मक सोच तथा स्थानीय सरकार सञ्चालन बिषयक २ दिने तालिम सम्पन्न भएको छ । आठबीस नगरपालिकाको आयोजना, सिआइजीपी को सहकार्य र बास नेपालको सहजिकरणमा शुक्रबार र शनिबार सो तालिम सम्पन्न भएको हो ।
नगरप्रमुख तर्क बहादुर बडुवालको अध्यक्षतामा भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारका पुर्व सचिब कृष्ण हरि बास्कोटा र बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले स्थानीय सरकार सञ्चालन, सुशासन, सूचनाको हक, पालिकाकाका काम, कर्तव्य र अधिकार, जनप्रतिनिधि र कर्मचारीकामा हुनुपर्ने असल गुर्ण, सार्वजनिक खरिद, नगरसभा र बैठक सञ्चालन प्रक्रिया, सकारात्मक सोच, उत्प्रेरणा, स्थानीय सरकारले गर्नुपर्ने काम, असल अभ्यासहरु, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, योजना तर्जुमा सिप, ब्यवस्थापकीय आयाम, स्थानीय तह संस्थागत क्षमता स्वमुल्याँकन, वित्तिय सुशासन लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।
२ दिन सम्म चलेको तालिमको समापन सत्रमा बोल्दै आठबीस नगरपालिकाका नगरप्रमुख तर्क बहादुर बडुवालले तालिमबाट स्थानीय सरकार सञ्चालनका बिविध आयामहरुको वारेमा जानकारी मिलेको बताए । तालमिबाट सबैलाइ उत्प्रेरणा मिलेको भन्दै तालिममा प्रस्तुत भएका विषयवस्तुलाइ आत्मसाथ गरी काम गर्न सकेको खण्डमा जनताको मनजितिने नगरप्रमुख बडुवालको भनाइ थियो । तालिमका सहभागिहरुले यस्तो प्रकारको तालिम पहिलो पटक पाएको बताउदै तालिमले स्थानीय तह सञ्चालन संग सम्बन्धित विविध विषयको वारेमा जानकारी मिलेको र उर्जा थपिएको बताए । तालिमबाट जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास भएको बताउदै स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने बिविध विषयमा सिकाइ भएको सहभागिहरुको भनाइ थियो । तालिममा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी ७० जनाको सहभागिता रहेको थियो ।