देशभरिबाट यस वर्ष मनोनयनमा परेका ३४९ मध्ये विभिन्न छनोट प्रक्रिया पूरा गरेर पाँच जना इन्टेग्रिटी आइकन छनोट भएका छन्। सुशासनविद् सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, नेपाल सरकारका भूतपूर्व सचिव द्बय पुण्य प्रसाद न्यौपाने र जीवनप्रभा लामा, प्राध्यापक तथा सुशासनविद् डा. सुचेता प्याकुरेल, र इन्टेग्रिटी आइकन २०१५ प्रदीपराज कणेल रहेको निर्णायक समितिले अन्तिम पाच जनालाई इन्टेग्रिटी आइकन छनौट गरेको हो । निर्णायक समितिले गर्ने छनौट प्रक्रियालाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि तथ्य संकलन, व्यवस्थापन र विश्लेषण गर्न निर्णायक उप–समिति र एकाउन्टविलिटी ल्याबको सचिवालयले पुरा एकवर्ष लगाएर काम गरेको थियो । इन्टेग्रिटी आइकन छनोट हुनेमा जन स्वास्थ्य निरिक्षक आधारभुत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्ज–११ का सर्मिला सुवेदी, शिक्षा अधिकृत, बेनिघाट रोराङ गाउँपालिका धादिङका बोधराज पाठक, शाखा अधिकृत, हात्ती प्रजनन तथा तालिम केन्द्र, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय चितवनका मनपुरण चौधरी, प.हे. न. अधिकृत, जिल्ला स्वास्थ्य कार्यालय, पर्साका मीरा कुमारी यादव र वरिष्ठ कृषि विकास अधिकृत, पोखरा महानगरपालिकाका मनहर कडरिया रहेका छन् । छनोट भएका पाँचै जनालाई यहीँ माघ ८ गते सम्मान गरिने एकाउन्टविलिटी ल्याब नेपालले जनाएको छ । इन्टेग्रिटी आइकनको उत्कृष्ट पाच भित्र पर्न सफल स्वास्थ्य निरिक्षक, आधारभुत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्ज–११ मा कार्यरत सर्मिला सुवेदीसंग असल शासन मिडियाका ज्वती बुढाले गरेको कुराकानीको सम्पादीत अंस यहाँ प्रस्तुत गरिएको छ ।
सर्मिला सुवेली हाल आधारभूत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्जमा स्वास्थ्य निरीक्षकका रूपमा कार्यरत हनुहुन्छ । बि.स. २०६६ सालमा सरकारी सेवामा प्रवेश गरेकी सुवेदीले बर्दिया जिल्ला अस्पताल, गुलरियाबाट सेवा सुरु प्रारम्भ गरी जैसपुर स्वास्थ्य केन्द्र, परसपुर स्वास्थ्य केन्द्र नेपालगन्ज र मण्डनदेउपुर, काभ्रेपलाञ्चोकमा रहेर काम गरी सकेका छन्। विशेषगरी स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन र स्वास्थ्य सेवाप्रति अनभिज्ञ सेवाग्राहीलाई विश्वास दिलाउन उहाँको ठूलो योगदान छ । घरदैलोमै पुगेर मुस्लिम समुदायका महिलाहरूलाई स्वास्थ्य संस्थामा आउने वातावरण बनाउने होस्, धामी–झाँक्रीको विश्वासमा रहेको समुदायलाई स्वास्थ्य सेवाको महत्व बुझाउने होस्, वा समुदायको पहुँचभन्दा टाढा रहेको स्वास्थ्य संस्थाको भवन सबैको पहुँचमा हुने गरी सार्न पहल गर्ने सर्मिला सुवेदीले यी सबै कार्यहरूमा अग्रणी भूमिका निर्वाह गर्नु भएको छ । स्वास्थ्य सेवा बाहेक अन्य समस्याहरूमा पनि उहाँ समुदायका दिदीबहिनीहरूको भरोसा बन्नुभएको छ । सुवेदीको काम र व्यवहारले सेवाग्राहीहरूलाई उहाप्रति मात्र होइन, स्वास्थ्य केन्द्रप्रति पनि विश्वास दिलाएको छ। यस कारण, पहिले स्वास्थ्य केन्द्रप्रति विश्वास नभएका सेवाग्राहीहरू अहिले कुनै समस्या पर्दा सबैभन्दा पहिले स्वास्थ्य केन्द्रमै आउने र अत्यावश्यक परे मात्र अन्यत्र जाने गरेकाछन ।
१. इमानदारीलाई जीवनमा किन यति धेरै प्राथमिकता दिनुभयो ?
इमानदार भएर काम गर्दा सेवाग्राहीहरुको मुहारमा मुस्कान देख्छु त्यसले मलाई सन्तुष्टि मिल्दछ । नेपाल सरकारको कर्मचारी मात्र नभई म एउटा सामान्य नागरिक हो त्यसैले पनि मेरो ब्यबहार सबैको मनमा बस्ने खालको हुनुपर्दछ भन्ने मलाई लाग्दछ । मैले मेरो जीवनमा सरलतालाई नै अपनाउने गरेकि छु, सरलपन हुन हामी सबैमा जरुरी छ । म आजसम्म काम गरेको यति बर्ष हुँदा मलाई आफ्नो काम देखाउन पर्छ भन्ने कहिल्यै लागेन । कामलाई तहगत तरिकाले कहिल्यै हेर्न हुदैन अनि आफ्नो फाईदाका लागी कहिल्यै सोच्न हुदैन र आफ्नो जिम्मेवारीलाई कहिल्यै भुल्न हुदैन भन्ने लााग्छ यति भयो भने इमान्दारीता मर्दैन ।
२. तपाईको जीवनमा तपाईलाई इमानदार बन्न कस्ले प्रेरित गर्यो ?
म मेरो जीवनमा बुवालाई मेरो प्रेरणाको स्रोतको रुपमा लिन्छु । उहाँले सानैदेखि इमानदारपूर्व काम गर्नुपर्दछ भन्ने सिकाउनुहुन्थ्यो। इमानदारीताको लागी हामी कसैले पनि न पैसा खर्च गर्नुपर्छ न ढाट्नु पर्छ न चोर्नु पर्छ न लुटनु नै पर्छ केही गर्न पर्दैन बस आफ्नो कर्तब्यलाई न्याय गर्न भुल्नु हुदैन र काममा कर्तब्यनिष्ठ भएर लाग्नुपर्दछ। जो ब्यतिm इमान्दार भएर काम गर्छ त्यो ब्यति जति खुशी र सुखी यो संसारमा कोही पनि हुदैन ।
३. युवा पुस्तालाई इमानदारीको महत्व सिकाउनका लागि तपाई के सन्देश दिनुहुन्छ ?
अहिलेको युवापुस्ताले खासमा आफुले आफैलाई ठगेको अवस्था छ । उनीहरुको दैनिकी देखि लिएर इन्टरनेटको प्रयोग देख्दा खासमा उनीहरुले आफैलाई विश्वास गरेको पाउदिन । अहिलेका युवाहरु नेपालमा भविष्य छैन भन्छन बिदेशमा भविष्य देख्छन र जस्तोपनि दुख गर्न जोखिम बेहोर्न पछि पर्दैनन ।नेपालमा मिहेनत गर्न डराउछन झन त लोकसेवा आयोगमा जति मिहेनत गरेपनि पुग्दैन भन्ने सोच्छन म ती युवाहरुलाई आफुलाई बिश्वास गरेर मिहेनत गरे जहाँ पनि सफलता पाईन्छ र अर्को कुरा बिदेश भन्दै सजिलैसंग खुशी पाउन सकिदैन बरु नेपालमै इमान्दार भएर कर्म गरे सफलता अवष्य पाइन्छ त्यसैले मेहेनत गर्न अनुरोध गर्दछु ।
४. इमानदारीताको कारण तपाइलाई कहिल्यै कठिनाइ भएको छ ?
धेरै ठाँउमा महसुस गरेकि छु , म सम्झन चाहान्छु कामको शिलशिलामा पुर्व नेपालमा पनि बसेर काम गर्ने मौका अवसर जुरेको थियो त्यो बेला मैले धेरै ठुलो काम पनि गरेकि हैन मैले त्यो समुदायको सर्बसाधरण ब्यतिm जो आर्थिक अबस्था कम्जोर भएका बिरामीहरुलाई मैले मेरो डियूटि आवर बाहेक पनि जुन समयमा पनि जस्तो रातको समयमा झाडापखाला लागेको बिरामीलाई दिइने उपचार ,चोटपटक लाग्दा गरिने प्राथमिक उपचार जस्ता उपचारले बिरामीले सन्चो महसुस गरे र रातारात त्यहाँबाट स्वास्थ्य उपचारको लागि त्यहाँको सदरमुकाम पुग्न हजारौँ खर्च गरेर एम्बुलेसमा जानु परेन त्यो कारणले त्यहाँको एम्बुलेन्स ब्यबसायीलाई घाटा भएको भनि मैले पाउने मासिक पारीश्रमिक पनि रोक गरिएको सम्झना छ तर पनि मलाई कहिल्यै त्यस्तो कुराले मन बिचलित भएन मलाई बरु त्यस्तो कुराले मलाई थप ऊर्जा मिल्ने गर्दछ ।
५. विजेता बनेपछि तपाईको अगाडि के–कस्ता जिम्मेवारी बढेको छ ?
विजेता भएपछि थप उर्जा मिलेको छ । हरेक ब्यतिmलाई स्वस्थ बनाउनका निमित्त लागि पर्ने छु । स्वस्थ मष्तिस्कले स्वस्थ समाजको निर्माको परिकल्पना गर्दछ भन्ने लाग्दछ त्यसैले मेरो भरपुर समय स्वास्थ्य क्षेत्रमा दिने छु जसरी मैले विगतका दिनहरुमा सेवा प्रदान गरेको छु । इमानदारपुर्वक नेपाल सरकारको स्वास्थ्यका काम, रणनीति, उदेश्यलाई त्यसको धार बनाएर आफ्नो कर्तव्य पुरा गर्नेछु ।
६. इमानदारी र सफलता बीचको सम्बन्धलाई तपाई कसरी हेर्नुहुन्छ ?
इमानदारी र सफलता बीचको सम्बन्ध नङ्ग मासुको जस्तो रहेको छ । इमानदार भएर आफ्नो कामप्रति विश्वास गर्दे काम गर्दै जानुहोस सफलताले तपाईलाई पछ्याएर आउछ । पछिल्लो समयमा इमानदारी हराउदै गएकोले पनि मानिसहरु सफलताको सिडी चढ्न सफल नभएको हो कि भन्ने लाग्छ ।
७. अहिले बिजेता भएपछि कस्तो महसुस गर्नुभएको छ ?
म यसरी कुनै पनि कार्यक्रममा विजेता नै हुन्छु भन्ने कल्पना सम्म गरेकि थिएन किनकी मलाई मैले मेरो जीवनमा काम बाहेक अरुमा विश्वास लाग्दैन थियो । एकाउन्टविलिटि ल्याबले यसरी थुप्रै निस्वार्थ रुपमा इमान्दार भएर काम गर्ने व्यतिmत्वहरुलाई यसरी सम्मान गर्दा म लगायत सबै कर्मचारीहरुलाई सकारात्मक ऊर्जा प्रदान गरेको छ भन्ने कुरामा ढुक्क छु । मैले मेरो नाम पनि उद्धघोष भइरहदा अझै थप जिम्मेवारी म मा थपिएको र समाजले सधै मबाट निस्वार्थ सेवाप्रवाहको अपेक्षा गरिरहेको छ भन्ने महसुस गरेकि छु ।