विरेन्द्रनगरमा समाजिक जवाफदेहिता सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । समाजिक जवाफदेहिता स्कुल नामाकरण गरिएको उक्त तालिम एकाउन्टिविलिटि ल्याव र बास नेपालको साझेदारीमा संचालित युवा नेतृत्व र जवाफदेहिता परियोजना अन्तर्गत सम्पन्न भएको हो । युवाहरुलाई सामजिक जवाफदेहिता, उत्तरदायी, पारदर्शीताको अभ्यास गराउन, सर्वाजनिक अधिकारी तथा निकायहरुलाई जवाफदेहि बनाउन पहल गर्ने उदेश्यका साथ उक्त तालिमको आयोजना गरिएको थियो ।
फागुन ३ गते शनिबार आयोजित उक्त तालिमका प्रशिक्षक मन भण्डारीले सुशासन, जवाफदेहिता र समाजिक जवाफदेहिता, यसको आवश्यकता तथा व्यवहारिक अभ्यास, समाजिक जवाफदेहिताका संयन्त्रहरु, जवाफदेहिता प्रर्वद्धनमा युवाको भुमिका, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, सार्वजनिक परिक्षण, सूचनाको हक, सूचना माग गर्ने तरिका र त्यसको व्यवहारिक अभ्यास, नागरिक प्रतिवेदन पत्र, बहिर्गमन अभिमत, सूचना पाटी, नागरिक बडापत्र, गुनासो तथा सुझाव पेटिका लगाएतका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
सहभागिहरुले सोही तालिममा विभिन्न निकाय तथा कार्यालयहरुसँग सूचनामा मागको लागि निवेदन समेत तयार गरेका थिए ।
तालिमका सहभागीहरुले तालिम व्यवहार, प्रयोगात्मक रहेको र सूचना माग कसरी गर्नुपर्छ रु आफु कसरी जवाफदेहि हुनुपर्छ भन्ने बारेको महत्वपुर्ण सिकाई भएको बताएका छन् ।
२२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको तालिमको सहजिकरण बास नेपालका प्रबन्धक रमिता शाहले गरेकी थिईन भने सुर्खेत शाखाका अध्यक्ष अमर शाहीले गरेका थिए भने तालिमको उदेश्यबारे जानकारी सुर्खेत शाखाका अध्यक्ष अमर शाहीले गरेका थिए । बास नेपाल कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीले धन्यवाद ज्ञापन सहित तालिमको समापन गरेका थिए ।