स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेको अध्यक्षमा भण्डारी

असल शासन प्रतिनिधि

बाँके/ स्वतन्त्र पत्रकारहरुको सँगठन स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाको चौथो अधिबेशन चैत्र ९ गते सम्पन्न भएको छ ।

अधिबेशनलाई उद्घाटन गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले निष्पक्ष, स्वतन्त्र पत्रकारिता संकटमा परिरहेको उल्लेख गर्दै पत्रकारिताको संस्थागत बिकासका लागि स्वतन्त्र पत्रकारितामात्रै बिकल्प रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, स्वतन्त्र पत्रकार संघ नेपालका पूर्ब लुम्विनी प्रदेश संयोजक रमेश सिटौला, बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी लगायतले बोलेका थिए ।

अधिबेशनको उद्घाटनमा कार्यक्रमका प्रमुख अतिथी स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई मायाको चिनो प्रदान गरिएको थियो ।

बाँके शाखा अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न अधिबेशनबाट मन भण्डारी अध्यक्ष पदमा निर्वाचित भएका छन् । उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः हेमराज भट्ट, माधव कार्की, शोभा थापा मगर र मुना बिष्ट सर्बसम्मत चयन भएका छन् ।

शाखाको सदस्यहरुमा क्रमशः रमेश सिटौला, तपेन्द्र मलाती, लोक बहादुर घर्ति र अशोक रावल चयन भएका छन् ।

बाँकेमा २०६९ सालमा स्थापित स्वतन्त्र पत्रकार समाज पोखरामा केन्द्रीय कार्यालय भएको स्वतन्त्र पत्रकारहरुको सँगठन स्वतन्त्र पत्रकार सँघ नेपालमा आबद्ध भएको थियो ।

संघ कुनै पनि राजनितीक आस्थासँग सम्बद्ध संघ, संगठनमा असंलग्न रहँदै आएका बिभिन्न संचार माध्यमसँग आबद्ध संचारकर्मीहरुको साझा संस्था हो ।

  • ८ चैत्र २०८१, शनिबार प्रकाशित

  • Nabintech