वडा अध्यक्ष बलीराम थारुको प्रमुख आथित्यतामा सहयोग हस्तान्तरण

डेउढाकलाका २२ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री बाँडियो

असल शासन प्रतिनिधि

बाँसगढी /  बर्दियाको बाँसगढी नगरपालकिा वडा नम्बर ७ का २२ जना असहाय बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

स्विजरल्यान्डका नागरिक डाक्टर सारा नेफ र डाक्टर पाउलोको अगुवाईमा स्विजरल्यान्डका नागरिकहरुले सुरु गरेको गरिब असाहय बालबालिकाहरुको पठनपाठनमा सहयोग पुर्याउने उदेश्यले सञ्चालित अभियानबाट शनिबार बर्दियाको बाँसगढी नगरपालकिा वडा नम्बर ७ का २२ जना असहाय बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको परियोजनाका नेपाल कोर्डिनेटर राघव कार्कीले बताए ।

बास नेपाल डेउढाकला ईकाईको समन्वयमा आयोजित उक्त कार्यक्रममा बोल्दै परियोजना कोर्डीनेटर कार्कीले सामुदायिक बिद्यालयतर्फ बालबालिका र अबिभावकहरुको ध्यान केन्द्रीत गर्दै जो आर्थिक स्तर कमजोर भएका बालबालिका छन् ,जो शैक्षिक सामाग्रीकै अभावले बिद्यालय पुग्न सकिरहेका छैनन् उनीहरुलाई केही सम्म भएपनि राहत होस भन्ने उद्धेश्यले सहयोग गरिएको बताए।

कक्षा १ देखी १० सम्म अध्यण गर्दा हरेक बर्ष उनीहरुलाई शैक्षिक सामाग्री सहित स्कुल युनिफर्महरु प्रदान गरिने प्रतिबद्धताका साथ आर्थिक बिपन्न तथा बुवा आमा तथा बुवा आमा मध्ये एक नभएका बिद्यार्थीहरुको छनौट गरि सहयोग गर्दै आएका बिद्यार्थीहरुमा भृकुटी माबि डेउढाकला, त्रिभुवन माबि ककौरा, पुर्ण हिरा लक्ष्मणा ,दशरथ चन्द आबि,र कर्णाली प्राबि तोरैयाका बालबालिकाहरु रहेका छन ।

उक्त कार्यक्रमका प्रमुख अतिथि तथा बाँसगढी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष बलिराम थारु र परियोजना सयोजक राघव कार्की सामागी हस्तन्तरण गरिएको थियो भने सामाग्रीहरुमा शैक्षिक सामाग्रीहरुमा कापी , कलम , पेन्सिल , ज्यामिती बकस , कलर पेनसिल , स्कुल युनिफर्म १ जोर, स्कुल जुत्ता मोजा २ जोर, टाइ , बेल्ट, खेलकुद ड्रेस ट्र्याक सुट र टिसर्ट १ सेट , खेलकुद जुत्ता मोजा १ जोर र स्कुल ब्याग १ थान बितरण गरिएको थियो ।

उक्त कार्यक्रमको संयोजन गर्ने बिष्णु काफ्ले, समाजसेबी तथा बास नेपालका सदस्य ईन्द्रा रिजाल,समाजसेबी बिष्णु कुमार रावतले सहयोगको मुक्तकण्ठले स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

बास नेपाल डेउढाकला ईकाई अध्यक्ष बिष्णु देबी रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश उक्त परियोजनाका नेपाल स्थित कोर्डिनेटर राघव कार्की प्रकाश पारेका थिए भने बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले सञ्चालन गरेका थिए ।

उक्त परियोजना मार्फत गत बर्ष पनि २२ जनालाई शैक्षिक सामाग्री बितरण गरिएको थियो ।

  • १० श्रावण २०८२, शनिबार प्रकाशित

  • Nabintech