बास नेपाल बर्दिया शाखाले गर्यो सरसफाई कार्यक्रम

असल शासन प्रतिनिधि

नेपालगञ्ज /   बर्दियाकोगुलरिया नगरपालिका वडा नं. ८ स्थित पृथ्वी पार्क (गोल पार्क) मा आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

बास नेपाल बर्दिया शाखा, जय हरियाली अभियान, बंगलामुखी सामुदायिक सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। उक्त सरसफाई कार्यक्रममा बास नेपाल बर्दिया शाखाका पदाधिकारी एवम सदश्यहरु, जनप्रतिनिधि, प्रहरी, समाजसेवी अभियान्ता र स्थानिय गरी ४० जना भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो ।

सहभागीहरूले पार्क को सौन्दर्यता कायम राख्न पार्क क्षेत्र भित्र उम्रीएका बनमारा, झारबोटहरु सफा गर्दै वातावरण संरक्षण तथा सार्वजनिक स्थानको स्वच्छताको सन्देश प्रवाह गरेका थिए। संयुक्त संस्थाहरूको यस्तो अभियानले वातावरणीय सुधारमा योगदान पुर्याउने विश्वास सहभागीले व्यक्त गरेका छन्।

सहभागीहरूलाई धन्यवाद दिँदै आयोजक संस्था बास नेपाल बर्दिया शाखा र जय हरियाली अभियानको पहलमा पार्क को सौन्दर्यतालाई बढाउन यस क्षेत्रमा बृहत बृक्षारोपण कार्यक्रम पनि आयोजना गरिने र आगामी दिनहरूमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता बास नेपाल बर्दिया शाखाका अध्यक्ष राम सुनामले जनाएका छन् ।

  • १० श्रावण २०८२, शनिबार प्रकाशित

  • Nabintech