सक्रिय सदस्य तथा पूर्ब पदाधिकारी भेला सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ सुशासनका क्षेत्रमा विगत २५ बर्ष देखि कार्य गर्दै आएको बास नेपालका सक्रिय सदस्य तथा पूर्ब पदाधिकारीहरुको भेला सम्पन्न भएको छ ।

२०८१ चैत्र २२ र २३ गते नेपालगन्जमा हुने बास नेपालको १० औं महाधिबेनको तयारीको क्रममा भेला सम्पन्न भएको हो ।

बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथाकीको अध्यक्षतामा सम्पन्न भेलाका सहभागिहरुले महाधिबेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका आ-आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता गरिएको छ ।

भेलामा संस्थाका निबर्तमान केन्द्रीय अध्यक्ष रमेश सिटौला, पूर्ब केन्द्रीय अध्यक्ष मन भण्डारी, सिता बोहरा, पूर्ब केन्द्रीय सदस्य ध्रुवजँग शाह, मणिराम बटाला, मनिष कर्माचार्य, बाँके शाखाका अध्यक्ष रामु चिडिमार, पूर्ब अध्यक्ष कमला पोख्रेल, जनसम्पर्क बिभाग प्रमुख कमल शाही, लेखा अधिकृत हंश शाही, कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाही, सक्रिय सदस्य जीत बहादुर थापा, अशोक रावल लगायतले महाधिबेशन सफल पार्नका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

महासचिव खुमेश सुबेदीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शिब कुमार बर्माले व्यक्त गरेका थिए । कार्यक्रममा महाधिबेशनको तयारी लगायतका बिषयमा कार्यकारी निर्देशक नमस्कार शाह र कोषाध्यक्ष कल्पना अधिकारीले बोलेका थिए ।

कार्यक्रममा ५० बढि सक्रिय सदस्य तथा पूर्ब पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

  • ८ चैत्र २०८१, शनिबार प्रकाशित

  • Nabintech