नागरिक सन्तुष्टि सर्वेक्षण को नतिजा सार्वजनिक

असल शासन प्रतिनिधि

सल्यान/ सल्यानको शारदा नगरपालकिाले आफ्नो सेवा प्रवाहको वषियमा नागरकिको सन्तुष्टकिो अवस्था बुझ्न गरेको नागरकि सन्तुष्टी सर्वेक्षणको नतजिा सार्वजनकिरण भएको छ ।

सार्वजनकि निकायले आफुले प्रवाह गर्ने सेवाको विषयमा नागरकिहरुको अनुभुती मापन गर्न तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नागरकि सन्तुष्टी सर्वेक्षण गर्ने व्यवस्था रहेको छ । सोही अनुसार १५ वटा वडा रहेको शारदा नगरपालकिाले बास नेपालको सहजिकरणमा १५०० जनालाई सर्वेक्षणमा नमुनाको रुपमा लिई उक्त सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणको जिम्मा पाएको बास नेपालले सोमबार (बैशाख २९ गते) नतिजा सार्वजनकिरण गर्दै समग्रमा नागरकिहरु पालिकाको सेवा प्रवाह प्रती सकारात्मक देखिएको बताइएको छ । नतिजा सार्वजनकिरण कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले आफुहरुले गरेका क्रियाकलाप तथा सेवा प्रवाह, नागरिक मैत्री कत्तिको भए र नागरिकले कति लाभ लिन सके भन्ने कुरा जान्न र थप परिस्कृत भएर अघि बढ्न सर्भेक्षणले मदत गरेको बताए । शारदा नगरपालिकाले जिल्लामै पहिलोपटक यो खालको अभ्यास गरेको बताउदै नगर प्रमुख भण्डारीले पालिकामा यो नविन सुरुवात गर्न प्रयत्न गर्ने प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा र प्राविधिक सहयोग गर्ने बास नेपाललाई धन्यवाद दिए । भण्डारीले नागरिक सन्तुष्टी सर्वेक्षणले नागरकिहरु प्रती सेवा प्रवाहको विषयमा थप संवेदनशिल हुँदै कार्य गर्नुपर्ने जरुरी देखएिको बताएका थिए ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख सुस्मिता साप्कोटाले पालिकाको सेवा प्रवाहप्रति नागरिकहरुको सन्तुष्टिको अवस्था थाहा भएको बताउदै सर्वेक्षणबाट पालिकालाई धेरै सुझावहरु प्राप्त भएको बताइन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधकिृत ओम प्रकाश देवकोटाले कर्मचारी र जनप्रतनिधिीहरुले समन्वयात्मक तवरले हातेमालो गर्दै नागरकिको सेवा प्रवाहमा लागी परेको बताए । सर्वेक्षणका केही सीमाहरु रहे तापनी नतिजाले भने कही हदसम्म अझै सजग भएर काम गर्नुपर्ने देखएिको र सोही अनुसार आफ्नो सम्पुर्ण कार्य सम्पादनमा कुनै गुनासो नआउने गरी कार्यसम्पादनमा ध्यान ध्यान दिनुपर्नेमा देवकोटाले जोड दिएका थिए । कार्यक्रममा नगर प्रबक्ता राजेश कुमार शर्मा र ३ नम्बर वडा अध्यक्ष तुल्सा भण्डारी लगायतले बोलेका थिए ।

बास नेपालका कार्यक्रम संयोजक रबिन्द्र बोहराले सर्वेक्षणको नतिजा प्रस्तुतकिरण गरेका थिए । नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा भएको नतिजा सार्वजनिक कार्यक्रममा उप प्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, नगर प्रबक्ता राजेश कुमार शर्मा सहित १५ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु र नगरपालिकाका विषयगत शाखाका कर्मचारीहरु सहित सरोकारवालाहरुको सहभागीता रहेको थियो । सर्वेक्षण कार्यमा ११ जना सर्भेक्षकहरु खटेका थिए ।

 

  • २९ बैशाख २०८२, सोमबार प्रकाशित

  • Nabintech