खजुरामा बालिका शिक्षा कार्यक्रमको संयुक्त अनुगमन

असल शासन प्रतिनिधि

नेपालगन्ज । बालिका शिक्षा कार्यक्रम अन्तर्गत खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित श्री ज्ञानोद्धय नमुना माबिमा जिल्ला स्तरीय संयुक्त अनुगमन गरिएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा आज उक्त संयुक्त अनुगमन गरिएको हो ।
बिद्यालयमा जलवायु न्याय क्लबमा आबद्ध बालिकाहरुको क्षमता मापन तथा कार्यक्रमको प्रभावकारिताका बिषयमा गरिएको अनुगमनमा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले मानिसको स्वास्थ्यसँग जोडिएको जलवायुका बिषयमा सञ्चालीत कार्यक्रम प्रभावकारी रहेको पाएको बताए । वालिकाहरुको अनुभव, अभिभावकको भनाई र बिद्यालयको प्रतिक्रियाले कार्यक्रमको निरन्तरता अपरिहार्य भएको उनको भनाई थियो । उनले जलवायु न्याय कार्यक्रमलाई स्थानीय सरकारले अपनत्व ग्रहण गरि अगाडी बढाएको खबरले खुसी बनाएको बताउदै सबै मिलेर कार्यक्रमलाई अगाडी बढाउन अनुरोध गरे । उनले कार्यक्रमको निरन्तरताका लागि जिल्ला समन्वय समिति मार्फत गर्नुपर्ने भूमिकाका लागि प्रतिबद्ध रहेको बताए ।
यसैगरी कार्यक्रममा बोल्दै शिक्षा समन्वय इकाई प्रमुख धनसुधन चौलागाईले सफल कार्यक्रमको निरन्तरताका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पूर्ण बहादुर भण्डारीले बालिका शिक्षा कार्यक्रम एक सफल कार्यक्रम भएकाले स्थानीय सरकारले निरन्तरताका लागि कन्जुस्याई गर्न नहुनेमा जोड दिए । उनले कार्यक्रमको निरन्तरताका लागि वडा समेत प्रतिबद्ध रहेको बताए ।
सो क्रममा जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उप प्रमुख सिता कार्की, शिक्षा समन्वय इकाई प्रमुख धनसुधन चौलागाइ, खजुरा गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष पूर्ण बहादुर भण्डारी, सामाजिक विकास समिति संयोजक कृष्णा पोख्रेल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, निर्मल रेग्मी, महिला तथा वालवालिका शाखा प्रमुख सुसिला न्यौपाने, गैर सरकारी संस्था महासँघ बाँकेका सचिब रमेश सिटौला, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष भिमसरा भण्डारी, प्रधानाध्यापक ऋषिराम सापकोटा, शिक्षक, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।


वालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले सहजिकरण गरेको कार्यक्रममा स्वागत बासका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए भने कार्यक्रमको प्रगतीको प्रश्तुतीकरण बासका सिनियर सामाजिक परिचालक जमुना चौधरीले गरेका थिए ।


संयुक्त अनुगमनको क्रममा बालिका शिक्षा कार्यक्रम अनुगमन चेक लिष्ट अनुरुप जलवायु परिवर्तनका २६ ओटा सत्रहरुका बारेमा बालिकाहरुलाई अनुगमनकर्ताहरुले प्रश्न सोधेका थिए । जसमा जलवायु परिवर्तन, परिवारको संलग्नता, सामग्री सहयोग र उपयोगिता, बिद्यालयको संलग्नता लगायतको बिषय रहेको थियो । भने बिद्यालयको संलग्नताका बिषयमा शिक्षकहरुलाई कार्यक्रमको प्रभावकारीताका बिषयमा प्रश्न सोधेका थिए । कार्यक्रमको समापन ज्ञानोद्धय नमुना माबि बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष भिमसरा भण्डारीले गरेका थिए ।

  • ११ असार २०८२, बुधबार प्रकाशित

  • Nabintech