आत्महत्या न्यूनिकरण गर्नका लागि पहिलो कुरा त हामीले अरुको मनभावनालाई उनिहरुको पक्षबाट बुझ्न जरुरी छ । कहिलेकाही उनिहरुले कुनै कुरा हामीलाई व्यक्त गर्दा हामीहरुले त्यो कुराई आफ्नो तर्फबाट मात्र नभई उनिहरुको पक्षबाट नबुझिदिनाले यस्ता समस्याहरु भईरहेका हुन्छन् । अर्को भनेको नैतिक शिक्षाको कमिले पनि यस्ता घटनाहरु पैदा भईरहेका छन् र एक्लो बस्ने, सामान्य कुराहरुलाई लिएर धेरैै चिन्तित हुने, बैबाहिक सम्बन्ध बिग्रिने, बढि आशाबादी हुने आदि अगाएतका कारणले गर्दा मानिसहरु आत्महत्याका सिकार हुन पुगेका हन्छन् । त्यसकारण आत्महत्या न्यूनीकरण गर्नका लागि पहिलो त स्थानीय सकारले कदम चाल्न पर्दछ । यस सम्बन्धी जनचेतनामूलका कार्यक्रम गर्ने, तालिमहरु दिएर मानिसहरुलाई बेस्त गराउने, र स्थानीय व्यक्तिहरुले पनि यस्ता समस्याहरु भएका कोही मानिसहरु भए उनिहरुलाई एक्लोपन हुन नदिने, विभिन्न कार्यक्रममा सहभागी गराउने, आफ्ने जिवनमा भविष्य देखाउने लगाएतका कार्यहरुमा जोड दिनुपर्दछ ।
– लुना बुढाथोकी, केन्द्रीय अध्यक्ष, बास नेपाल
आत्महत्या भनेको सर्वसाधारण मानिसहरुको सोचाईमा आउने विकृति हो जुन व्यक्तिगत तथा सामाजिक रुपले आफ्नो परिस्थिती, परिवेश र वातावरण लगाएतका विभिन्न कारणले हुन सक्दछ । साथै अपुरा हुने अपेक्षाहरु र पछिल्लो समयमा मोबाईल र धुम्रपान र मद्यपानको कारणले पनि यस्ता समस्याहरु आउने आउने गरेका छन । आत्महत्या न्यूनिकरण गर्न दुई वटा तरिकाबाट गर्न सकिन्छ, व्यक्तिगत र सामाजिक । व्यक्तिगत हिसाले हेर्दा आफुना समस्याहरु आफ्नो मिल्ने मानिसलाई शेर गर्ने, आफ्नो जिवन शैली परिवर्तन गर्ने, आफु केहि गरिरहने र विभिन्न कार्यक्रहरुमा सहभागी हुने लगाएत आदि । यसका लागि नेपाल सरकारले पहिलो त विद्यालयस्तर देखि नै यस सम्बन्धी शिक्षण गराउने र विभिन्न निकाय मार्फत प्रचार प्रसार र जनचेतना मूलका कार्यक्रमहरु सन्चालन गर्ने, वडा स्तरमा रहेका सि.आर.सि ग्रुुपलाई यस सम्बन्धी तालिम दिने र सक्रियरुपले परिचालन गर्ने, पालिकामा गठित मेलमिलाप समितिहरुलाई पनि यसबारे तालिम दिने लगाएतका कार्यहरु गर्ने हो भने पहिल्लो समयमा बढिरहेको यो समस्याको न्यूनिकरण हुन्छ ।
– सुमन धिमाल, मनोसाजिक मनोविमर्शकर्ता
कुनै पनि व्यक्तिले जान जानी विभिन्न उपायहरुद्धारा आफ्नो जिवन आफैले समाप्त पार्नुलाई आत्महत्या भनिन्छ । जिवन असफल हुनु, आर्थिक अवस्था कमजोर हुन, वैवाहिक सम्बन्ध राम्रो नहुनु, जस्ता यावत कारणहरुले मानिस आत्महत्याको अवस्थासम्म पुग्दछ । हरेक मानिसहरुले आत्महत्या गर्नुपूर्व केही संकेतहरु व्यक्त गरेको हुन सक्दछ । जस्तैः जिवन वेकार छ, वाचेर के नै हुन्छ, बरु मर्न पाए आनन्द हुन्थ्यो अव त अति भयो सहन सक्दैन जस्ता संकेतहरु व्यक्त गरिरहदा अन्य सामान्य व्यक्तिहरुले यी संकेतहरुलाई बुझ्न नसक्दा मानिसहरु आत्महत्या गर्ने गर्दछन् । केही सामान्य संकेतहरुलाई ख्याल गर्न सकियो भने आत्महत्याको जोखिमलाई कम गर्न सकिन्छ । आत्महत्या न्यूनिकरण गर्नका लागि त सर्वप्रथम त नेपाल सरकारले यसको लागि जिम्मेवार बन्न जरुरी छ । सरकारको स्तरबाट नीतिगत कुराहरु बनाउने, स्थानीय तहहरुले राम्रो समन्वय र सहकार्य गर्नुपर्ने, आत्महत्या परिचालन सम्बन्धीको कार्यक्रमहरु सन्चालन गर्नुपर्ने, समुदाय तथा विद्यालयहरुमा आत्महत्याको जोखिम परिचालन सम्बन्धी जनचेतना तथा अभिमूखिकरण कार्यक्रमहरु सन्चालन गर्नुपर्ने, संकेत देखाएका व्यक्तिहरु चिन्न सकियो भने जस्तो व्यक्तिसंग विश्वासीलो वातावरण बनाउने, उनिहरुका कुराहरुलाई ध्यान दिएर सुन्ने, उनिहरुलाई आराम गर्न दिने आदि, उनिहरका कुराहरु गोपनियता कायम गरिने छ भने विश्वास कायम राख्दै उनिहरुले महशुस गरिरहेका भावानात्मक कठिनता असहजताहरुलाई महत्वपूण ठानेर सुनिदिने, उनिहरुले भोगिरहेका समस्याहरुबाट मुक्त हुने उपाययहरुको खोजी गरि सहयोग गर्ने, भविष्यप्रति आशा जगाउने कुराहरु गर्ने, सिर्जनात्मक कार्यहरुमा सहभागी बनाउने, आत्महत्या सम्बन्धी विचारहरु आएमा विश्वासिलो व्यक्तिहरुसंग विचार साटासाट गर्दा सहज हुने कुरा बताउने लगाएतका कार्य गरेमा न्यूनिकरण हुन्छ ।
– गणेश पौडेल, मनोसाजिक मनोविमर्श कर्ता