बरलामा सार्बजनिक सुनुवाई सम्पन्न

असल शासन प्रतिनिधि

सल्यान / शारदा नगरपालिका वडा नम्बर ६ सल्यानको आर्थिक बर्ष २०८१/०८२ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

शारदा नगरपालिका वडा नम्बर ६ सल्यानको आयोजना र बास नेपालको सहजीकरणमा शारदा नगरपालिका वडा नम्बर ६ ले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारीता बिषयक सार्बजनिक सुनुवाई कार्यक्रम २०८२ असार २७ गते बरलामा सम्पन्न भएको हो ।

सार्बजनिक सुनुवाईमा सहभागीहरुले वडाका सबै टोलमा सडक बिस्तार नभएको, शारदा नदिले खेतहरु कटान गरेको, पिउने पानिको समस्या रहेको, बत्तिका पोलहरु ब्यवस्थापन नभएको, स्वयंसेबिकाहरुको सेवा सुबिधा बढाउनुपर्ने, सडक बिस्तार गर्दा घरहरुमा क्षती भएको, सडक बिस्तार भएको ठाँउमा पनि नालीको ब्यवस्था नहुँदा सडक भत्किएका लगायतका प्रश्न तथा समस्या उठान गरेका थिए ।

सहभागीहरुले गरेका प्रश्नको जवाफ दिदै शारदा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भिक बहादुर बुढाथोकीले समस्या समाधानका लागि तत्काल पहल गर्ने बताए , त्यस्तै सहभागीहरुको प्रश्नको उत्तर दिदै शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले खुल्ला छलफलमा आएका समस्याहरुको समाधान तत्काल हुने बताउँदै हरेक नागरिकहरले कुनै समस्या भएका वडा कार्यालय तथा आफुलाई जानकारी गराएमा समस्या समाधान गर्ने बताए । नागरिकहरुले समस्या राख्दा सहज होश भन्ने हेतुले पालिकामा पैशा नलाग्ने टोल फ्रि नम्बर उपलब्ध गराउँदा पनि कसैले त्यसको सदुपयोग नगरेको बताए ।

३ घण्टा सम्म चलेको कार्यक्रममा सरोकारवालाहरुको रुपमा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा, प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटा, बडा नम्बर ६ का वडा अध्यक्ष भिक बहादुर बुढाथोकी, शारदा नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर १० का अध्यक्ष राजेश शर्मा,वडा नम्बर १ का अध्यक्ष प्रदिप कुमार पाण्डे, कार्यपालिका सदस्य प्राण कुमार राई, कार्यपालिका सदस्यहरु, नगरपालिकाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

एक सय जनाको उपस्थिति रहेको कार्यक्रमको अन्तिममा ३ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता घोषण गरिएको छ ।

प्रतिबद्धताहरुमा वडाभित्रका सबै गाउँ टोलमा सडक निर्माण गरिएता पनि केही टोल समुदायमा सडक नपुगेको गुनासो आएकाले तत्काल सडक नपुगेका टोलमा सडक पु¥याउने, बरला भट्टाचौर नजिकाका खेतहरुमा खोलाले क्षती पु¥याएकाले धेरै किसानहरुले तटबनधनका लागि समाधान गर्ने, ववडाबासीहरुमा पिउने पानीको समस्या आएकोमा समाधानको लागि वडा तथा पालिका लागि परेकाले आउँदो मंसिर भित्रमा सबैको घर घर सम्म पिउने पानी पु¥याउने लगाएतका रहेका छन ।

बास नेपालका निबर्तमान अध्यक्ष लुना बुढाथोकीले स्वागत तथा कार्यक्रमाको उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रममा शारदा नगरपालिका वडा नम्बर ६ का वडा सचिव रमेश आचार्याले वर्षभरी सम्पन्न गरेका कार्यक्रम तथा योजनाको प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले सहजिकरण गरेको कार्यक्रममा बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारील नागरिक प्रतिबेदन र बर्हिगमन अभिमत प्रस्तुत गरेका थिए ।

  • २७ असार २०८२, शुक्रबार प्रकाशित

  • Nabintech