सञ्चारकर्मी संग अन्तरक्रिया

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ लुम्बिनी प्रदेश सरकारका प्रभावकारी सुचना प्रवाहका लागि सञ्चारकर्मीहरु संग प्ररम्भिक योजना बैठक सम्पन्न भएको छ । बास नेपालद्वारा सञ्चालित मिडियाको पहुँच र संलग्नता कार्यक्रम अन्तर्गत बिहिवार प्रदेश राजधानी भालुवाङको होटोल पौवामा उक्त बैठकको आयोजना गरिएको हो ।

लुम्बिनी प्रदेशको सबै जिल्लाहरु बाट प्रतिनिधत्व हुने गरी एफएम रेडियोहरु, डिजिटल मिडिया र छापा सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुकाे सहभागीता रहेकाे याेजना बैठकमा प्रदेश सरकारकाे सूचना प्रवाहकाे अवस्थाकाे विषयमा छलफल भएकाे थियो । आम नागरिकहरुमा प्रदेश सरकार प्रति नकारात्मक धारण बनिरहेको अबस्थामा प्रदेशलाई जवाफदेहीता अभिबृद्धी गर्न लुम्बिनी प्रदेश सरकारका असल अभ्यास र उपलब्धिमा आधारित सामाग्री प्रकाशन, प्रशारण गरी  आम नागरिकहरु माझ पुरयाउने विषयमा छलफल भएकाे थियो ।

विभिन्न जिल्लाका २५ जना सञ्चारकर्मी सहभागी रहेकाे कार्यक्रममा वरिष्ठ पत्रकार रुद्र सुबेदीले सहजीकरण गरेका थिए । बास नेपालका परियोजना संयोजक मन भण्डारीले स्वागत तथा कार्यक्रमको अवधारण र उद्धेश्यमाथि प्रष्ट पारेका थिए भने कार्यक्रम अधिकृत रबिन्द्र बोहोराले आजको कार्यक्रमको बिषय बस्तुकाे वारेमा प्रस्तुतिकरण गरेका थिए । बास नेपालका अनुगमन तथा मुल्याँकन अधिकृत माधव कार्कीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

  • २० मंसिर २०८१, बिहीबार प्रकाशित

  • Nabintech