कार्तिक २० गते
नेपालगन्ज / बाँकेको खजुरा गाउँपालिका स्थित जनसेवा माबिका ७५ जना किशोरीहरुलाई फ्रिडम किट व्याग वितरण तथा महिनावारी स्वच्छता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

फ्रिडम किट व्याग एफकेबी यूकेको आर्थिक सहयोग र बास नेपालको आयोजनामा बिहिबार जनसेवा माबिमा एक कार्यक्रमको आयोजना गर्दै ७५ जना किशोरी तथा महिलाहरुलाई फ्रिडम किट व्याग वितरण गरिएको हो ।
नेपालमा बसोबास गर्ने महिलाहरुको लागि पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बितरण गर्नुका साथै महिनावारी स्वच्छता कार्यक्रम अन्तर्गत सचेतना जगाउँदै आएको बास नेपालले बिभिन्न ग्रामिण समुदायमा बितरणगर्दै आएकोमा आज बिहिवार उक्त बिद्यालयमा बितरण गरेको हो । बिद्यालयका किसोरीहरुलाई बितरण गरिएको उक्त कार्यक्रममा किसोरीहरुको अबिभावकहरुको उपस्थितिमा पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बितरण गरिएको उक्त परियोजनाका ब्यवस्थापक रमिता शाहले बताईन् ।

कार्यक्रममा महिनावारी स्वच्छता परियोजनाका ब्यवस्थापक रमिता शाहले रियुजऐवल सेनीटरी प्याड तिन बर्ष सम्म प्रयोग गर्न मिल्ने किट ब्यागमा पुन ः प्रयोग गर्न मिल्ने प्याड, प्याड राख्ने ब्याग, कपडा सुकाउने डोरी, सावुन, क्लिप लगायत आवश्यक सामाग्रीको बारेमा जानकारी गराएका थिए । साथै किट ब्याग बितराण गर्नु भन्दा अगाडी फ्रिडम किट ब्यागको प्रयोग विधि, प्याडका प्रकार, फाईदा लगायतका बिषयमा फ्लेस कार्ड सहित अभिमुखिकरण गरिएको थियो ।
जनसेवा माबि ब्यवस्थापन समितिका अध्यक्ष राजेस यादव, वडा सदस्य शान्ती शाही, बिद्यायालयका प्रधानाध्यापक टंक नाथ दाहाल, बास नेपालका केन्द्रीय अध्यक्ष सशिव कुमार बर्मा, बास नेपालका निर्देशक हेमराज भट, जनसम्पर्क अधिकृत माधव कार्की, कार्यक्रम संयोजक शोभा थापामगर र सिनियर सामाजिक परिचालक शोभा भण्डारी र फ्रिडम किट ब्याग परियोजनाका ब्यवस्थापक रमिता शाहको उपस्थिति रहेको थियो ।
बास नेपालका सिनियर सामाजिक परिचालक शोभा भण्डारीको संयोजनमा आयोजित कार्यक्रम बास नेपालका कार्यक्रम संयोजक शोभा थापामगरले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।









