इलाका प्रहरी कार्यालयलाई कपडा सहयोग

हेमराज भट्ट

नेपालगन्ज ।  जेनजी आन्दोलनमा आगजनी भई सबै सामाग्री जलेर नष्ट भएको नेपालगन्ज स्थित इलाका प्रहरी कार्यालय जयसपुरलाई सिरक र डसना सहयोग हस्तान्तरण गरिएको छ ।
बढ्दो चिसो मौसमसँगै ओड्ने र ओछ्याउने कपडा आवश्यक रहेको जानकारी पाएपछि क्लिन अप नेपालको सहयोग तथा बास नेपालको समन्वयमा आज इलाका प्रहरी कार्यालय परिसरमा नै उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।


इलाका प्रहरी कार्यालय जयसपुरमा कार्यरत प्रहरी बरिष्ठ नायब निरिक्षक बिष्णु गिरी सहित १२ जना प्रहरीहरुका लागि एक÷एक थान डसना र सिरक गरी १२ थान डसना र १२ थान सिरक हस्तान्तरण गरिएको हो । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्मा, उपाध्यक्ष दिला शाह, केन्द्रीय सदस्य बसन्ती रोकाया, निर्देशक हेमराज भट्टले उक्त सामाग्री इलाका प्रहरी कार्यालय जयसपुरका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक बिष्णु गिरीलाई हस्तान्तरण गरेका थिए ।


सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले जयसपुर इलाका प्रहरी कार्यालयलाई सहयोग गर्न पाउदा खुसी लागेको बताएका थिए । सामाग्री ग्रहण पश्चात बोल्दै प्रहरी बरिष्ठ नायब निरिक्षक बिष्णु गिरीले बास नेपालको समन्वयमा भएको सहयोगले इलाका प्रहरी कार्यालयलाई ठुलो राहत मिलेको बताए । उनले बढ्दो चिसोका कारण ओड्ने र ओछ्याउने कपडा आवश्यक परेका बेला सहयोग गर्ने बास नेपाल र क्लिन अप नेपाललाई धन्यबाद ज्ञापन गरे । कार्यक्रमका सामाग्री सहयोगका बिषयमा बास नेपालका निर्देशक हेमराज भट्टले जानकारी गराएका थिए ।
हस्तान्तरण कार्यक्रममा बास नेपालका जनसम्पर्क अधिकृत माधब कार्की, प्रशासकिय अधिकृत शुद्ध प्रसाद चौधरी, लेखा अधिकृत राष्टि बुढा मगर, कार्यक्रम अधिकृत रबिन्द्र बोहरा, शोभा थापा मगर, बास बाके शाखा अध्यक्ष रामु चिडिमारको उपस्थिती रहेको थियो । इलाका प्रहरी कार्यालय जयसपुर नेपाल भारत सिमा नाका जमुनाहा नजिकको प्रहरी कार्यालय हो ।

  • २० कार्तिक २०८२, बिहीबार प्रकाशित

  • Nabintech