बेलासपुरमा निःशुल्क कान सिविर हुदै

असल शासन प्रतिनिधि

नेपालगन्ज । नेपालगन्जको बेलासपुरमा निःशुल्क कान सिविर सञ्चालन हुने भएकोछ ।
बास नेपाल बाँके शाखाको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा न १२ बेलासपुर स्थित चिडिमार टोलमा निःशुल्क कान शिविर सञ्चालन हुने भएको हो । कान सम्बन्धी समस्या भएका तथा कानको जाँच गर्न चाहने जो कोहीले पनि सिविरमा आएर सेवा लिन सक्ने बास नेपाल बाँके शाखा अध्यक्ष रामु चिडिमारले बताए । सिविर कार्तिक २१ गते बिहान ८ बजे देखि ११ बजे सम्म सञ्चालन हुने छ । सिविर वागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्रको सहयोग तथा सहकार्यमा भईरहेको छ ।

  • १९ कार्तिक २०८२, बुधबार प्रकाशित

  • Nabintech