नेपालगन्ज । जेष्ठ नागरिककालागि स्वास्थ्य प्रबद्र्धन कार्यक्रम खजुरा गाउँपालिका वडा नम्बर ३ मा सम्पन्न भएको छ ।
खजुरा गाउँपालिका नागरिक आरोग्य सेबा केन्द्र आयुर्वेद शाखाको आयोजनामा वडा भित्र रहेका जेष्ठ नागरिकहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

खजुरा गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष पुर्ण बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक ज्यु, बिशिस्ट अतिथी सामाजिक बिकास समिती संयोजक कृष्णा कुमारी पोख्रेल र प्रमुख प्रसासकिय अधिकृत दिल बहादुर पौडेलको उपस्थिती रहेको थियो । कार्यक्रममा आयुर्वेद स्वास्थ्यकर्मीहरुले जेष्ठ नागरिकहरुको स्वास्थ्य प्रर्बद्धनका बिषयमा जानकारी गराएका थिए । कार्यक्रम खजुरा गाउँपालिका वडा नम्बर ३ को नेपाल रास्ट्रिय माध्यमिक बिधालय मनकामनापुरमा भएको थियो ।











