बैतडी/ बैतडीमा गोली प्रहार गरेर एक युवकको हत्या भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं. ८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ विष्टमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको बताइएको छ ।
उनलाई नातामा दाजु पर्ने सोही ठाउँका ४५ वर्षीय कर्ण विष्टले गोली प्रहार गरेको आरोप छ । विष्ट अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुई जनाबीच रकम लेनदेनको विषयमा शनिबार दिउँसो विवाद भएको जानकारीमा आएको छ ।