सुर्खेत/ पछिल्लो समय दिनप्रतिदिन हत्याका घटनाहरु बढ्दै गएका छन् । नेपालगन्जमा प्रेमिले प्रेमिकालाइ हत्या गरेको घटना सेलाउन नपाउदै सुर्खेतमा त्यस्तै प्रकृतीको घटना घटेको छ ।
सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर १३, करेखोलाका दानसिंह ठाडामगरले आफुसँगै सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय दानसिंह ठाडामगरले ४१ वर्षीया श्रीमती रविना थापाको आइतबार बिहानपख हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्यापछि ठाडामगरले विदेशमा रहेका छोराछोरी र प्रहरीलाई फोन गरेर श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए । त्यसैगरी उनले राती नै वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई फोन गरेर प्रहरीको फोन नम्बर माग्ेका थिए । उनले प्रहरीलाई दिएको जानकारी अनुसार नगर प्रहरी र करे खोला चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालमा लगिएको र ठाडामगरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ । श्रीमतीको हत्या किन गरेको हो भन्ने खुलाएका छैनन् ।











