नेपालगञ्ज/ वसन्त ऋतुको आगमनसङ्गै नेपालगन्जमा फुलेका फुलहरुले सबैको मन लोभ्याएको छ ।
मौसम अनुसारका बार मासे फुलहरु लगाएत, हरीयाली शुन्दर बनस्पतिहरुको दृश्यले आगन्तुकको मन लोभ्याउने गरेको हो ।
मनोरम दृश्य सङ्गै साँच्चिकै नेपालगन्ज शहर देखिएको छ । गर्मी, फोहोर, मच्छरको बिगबिगि आदी, ईत्यादि भन्दै नेपालगञ्जलाई व्यंग्य गर्नेहरु अहिले नेपालगञ्जको सुर्खेतरोडमा फुलेका बिभिन्न खाले फुलहरुका कारण चुपचाप छन् ।
नेपालगन्जको चारलेन सडक अन्तर्गत सुर्खेतरोडको ग्रिनबेल्टमा ढकमक्क फुलेका फुलले यतिबेला सबैको ध्यान तानेको छ । फुलका दृश्य र भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेका छन् । यहाँ फोटो खिच्ने सर्बसाधारणको दैनिक रुपमा ठुलो भिड लाग्ने गरेको छ ।
चारलेन सडक बिस्तार भएपछि उक्त ग्रिनबेल्टमा बिभिन्न अभियन्ता, बिभिन्न संघ, संस्था र नेपालगञ्ज उपमहानगरपालिकाले ‘बकमबेली’ लगायत विभिन्न प्रजातिका फुलका बिरुवा रोपेका थिए । जसलाई नेपालगञ्ज उपमहानगरपालिकाले संरक्षण, सम्बद्र्धन गरेको थियो ।
सन्ध्याकालीन समयमा आगन्तुकहरुको फोटो खिच्न र टिकटक बनाउनका लागि वाक्लो भिड बढ्ने गरेकोछ ।
नेपालगन्ज देशको नामबाट बनेको ऐतिहासिक शहर हो । रंगीचंगी फुलहरुले सवैको मनलाई तरङ्गित बनाइरहेकोछ । नेपालगन्जमा फुलेका फुल हेर्नैकै लागि भएपनी टाढा टाढा देखि पर्यटकहरु आउन थालेका छन् । यसबाट नेपालगन्ज शहरको सान र शोभा बढेकोछ । फुलहरुको यो सौन्दर्यतालाई हेर्दा नेपालगन्जको चर्चा जताततै छ !
चैत महिना सुरु भइ सकेको छ, गर्मी दिनप्रतिदिन बढ्दै छ तर नेपालगन्जमा फुलेका यी फुलहरुले गर्मीको अनुभुति दिएको छैन ।
स्थानीय सरकार र विभिन्न सरोकार निकायहरूले फुलको सुरक्षा र तारबारमा र बृक्षारोपण लगाएतको हेरचाहमा अझै ब्यबस्थापन गर्न सकियो भने नेपालगन्जको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्दै जानेछ ।
सम्पूर्ण तस्विरहरु : अशोक रावल, असल शासन