रैथाने बालीको उत्पादन बारे सचेतनामुलक देउडा खेल

गोकर्ण शाही 

मुगु/रैथाने बालीहरु उपादन र बजार व्यवस्थापन सम्बन्धित देउडा गीत प्रतियोगिता सम्पनन भएको छ । महिलाहरुलाइ जनचेतना दिने उदेश्यले टेवाको आर्थिक सहयोग र चेतनशिल कृषक समुहको आयोजनामा खत्याड गाउँपालिका वडा नं. ३ को टुकुरी भाड मुगुमा साउन ५ गते सो कार्यक्रम सम्पन्न भएको कृषक समुहकी अध्यक्ष संगीता शाहीले बताइन् ।

रैथाने बालीहरु चिनो , कागुनो, कोदो, फापर, जौ , उवा, धान, गहुँ, सिमी, भटमास, लगायतका दिन प्रतिदिन उत्पादन कम हुदै गएको र धेरै जमिन बाँझो भएको हुने गरेको हुँदा केहि जमिनमा गहुँ , धान , मकै र थोरै मात्रामा कोदो मात्र लगाउने गरेकाले उक्त बालीहरु लोभ हुँदै गएको वडा नं. ३ का अध्यक्ष रन्नु बानियाँले बताए ।

रैथाने बालीहरुलाई उत्पादन गरी आय आर्जन बढाउने उदेश्यले महिलाहरुलाई चेतना मार्फत व्यवसाय गर्न हौसला मिली उक्त बालीहरुको उत्पादनमा वृद्वि गराई महिलाहरुलाई अत्मानिर्भर र स्वरोजगार बन्ने अपेक्षा राखिएको कृषक समुहकी सचिव सिता कुमारी सिंहले बताइन््।

 

  • १३ श्रावण २०८२, मंगलवार प्रकाशित

  • Nabintech