डोल्पो बुद्धका जनप्रतिनिधि र कर्मचारीले पाए तालिम

असल शासन प्रतिनिधि

डोल्पा/ डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता विकासका लागि सकारात्मक सोच र स्थानीय सरकार सञ्चालन विषयक एक दिने तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा गाउँपालिका कार्यालय धो मा शनिवार सो तालिम सम्पन्न भएको हो ।

गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङ्गको अध्यक्षतामा भएको तालिममा गाउँपालिकाका जनप्रतिनिधि, वडा सचिव, विषयगत शाखाका प्रमुख, लगायत ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
एक दिने तालिममा बास नेपालका पुर्व केन्द्रीय अध्यक्ष मन भण्डारीले सुशासन, नेतृत्व विकास, गाउँपालिकाको काम, कर्तव्य र अधिकार, जनप्रतिनिधि र कर्मचारीका असल गुण स्थानीय सरकारको भुमिका, सकारात्मक सोच, योजना तर्जुमा तथा कार्यान्वयन सिप स्थानीय स्थानीय सरकार सञ्चालनसँग सम्बन्धित ऐन, नियम र कानुन, लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको समापन समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङ्गले गाउँपालिकामा यस्तो खालको तालिम पहिलो पटक भएको बताउदै तालिमबाट धेरै महत्वपुर्ण विषयको ज्ञान भएको बताए । तालिमबाट सकारात्मक सोचका साथ काम गर्न सकेको खण्डमा सफल्ता प्राप्त हुने कुराको जानकारी भएको बताउदै योजना छनौट र कार्यान्वयनका वारेमा थप प्रस्ट भएको उनको भनाइ थियो । गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङ्गले तालिमले सकारात्मक सोच र जनप्रतिनिधि र कर्मचारीमा हुनु पर्ने सीप र क्षमता विकास भएको बताए । योजना तर्जु, नीतिा, असल अभ्यास र सफलता कसरी प्राप्त गर्ने भन्ने विषयमा ज्ञान मिलेको बताउदै गाउँपालिकालाइ सफल र समृद्वि तर्फ लिनका लागि ठुलो प्रेरणा मिलेको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मन बहादुर थापाले तालिमबाट सहभागीहरूले नयाँ कुराको ज्ञान लिएको बताए । भौगोलिक बिकटताको कारण विषय विज्ञको उपस्थितीमा यस अघि यस प्रकारको तालिम सञ्चालन गर्न नसकिएको बताउदै तालिम निकै प्रभावकारी र फलदायी भएको थापाको भनाइ थियो वडा नं. ३ का वडा अध्यक्ष ताक्पा तुण्डुप लामाले यस्तो प्रकारको तालिम पहिलो पटक पाएको बताउदै तालिमले जीवनोपयोगी सिप र कार्य सम्पादनका विविध विषयको वारेमा जानकारी मिलेको र उर्जा थपिएको बताए ।

गाउँपालिकाका योजना अधिकृत ओखराम तारम मगरले तालिम समय सान्दर्भिक भएको बताउदै काम गर्ने थप उर्जा प्राप्त भएको बताए । तालिमको सञ्चालन गाउँपालिकाका कृषी विकास अधिकृत अमृत खड्काले गरेका थिए ।

  • ८ असार २०८२, आईतवार प्रकाशित

  • Nabintech