काठमाण्डौं/ टिकटक भिडियोमार्फत प्रधानमन्त्री, गृहमन्त्री लगायत केही राजनीतिक पार्टी र शीर्ष नेताहरूलाई अपशब्द प्रयोग गरेको आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेत रिहा भएकी छन् ।
उनलाई अदालतले ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
रमा बस्नेतले सामाजिक सञ्जालमार्फत विभिन्न नेताहरूलाई खुलेर मनपरी टिप्पणी गर्दै आएका कारण प्रहरीको निगरानीमा परेकी थिइन् ।
यस घटनापछि सामाजिक सञ्जालमा पनि विभाजित प्रतिक्रिया देखिएको छ । केहीले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाइरहेका छन् भने केहीले मर्यादा भित्र बस्न सुझाव दिएका छन् ।