कोहलपुर/ कोहलपुर नगरपालिका अन्तर्गतका बिद्यालयमा कार्यरत लेखापालहरुका लागि लेखा ब्यवस्थापन सम्बन्धि दुइ दिने तालिम सम्पन्न भएको छ ।
कोहलपुर नगरपालिकाको सहयोग तथा बास नेपालको आयोजनामा सो तालिम सम्पन्न भएको हो ।
असार १२ गते शुरु भएको तालिम आज असार १३ गते सम्पन्न भएको हो । तालिमको उद्घाटन कोहलपुर नगरपालिका सामाजिक बिकास समिति संयोजक ईश्वरी बिकले गरेका थिए ।
तालिमको समापनमा बोल्दै कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख राम बहादुर हमालले तालिम प्रभावकारी भएको बताएका थिए । यस प्रकारका तालिमहरु आगामी बर्षमा पनि गर्ने उनले प्रतिबद्धता जनाए ।
२९ जना आधारभुत र माबिका लेखापालहरु सहभागि रहेको तालिममा नेपालगञ्ज उपमहानगरपालिकाका लेखा अधिकृत राजन केसी र बास नेपालका लेखा अधिकृत हंश शाहीले लेखाका प्रचलित नियम, जिन्सि व्यवस्थापन, नेपालमा प्रचलित कर सम्बन्धिको व्यवस्था, सार्वजनिक खरिद ऐन, क्षमता बिकास, एक्सल फर्म, फम्र्याट लगातका बिषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रम संयोजक सविता सुनारले सञ्चालन गरेको समापन कार्यक्रममा प्रशिक्षक राजन केसी, संस्थाकी महासचिव कल्पना अधिकारीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको समापन संस्थाका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले गरेका थिए ।