मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव र वन्यजन्तुबीच उत्पन्न द्वन्द्व न्यूनीकरण गरी पर्यापर्यटनको विकास गर्ने द्देश्यले बर्दिया राष्ट्रिय निकुञजको सहयोग र बास नेपालको आयोजनमा सो कार्यक्रम सम्पन्न भएको हो ।
पछिल्लो समय पर्यटकीय स्थलको रुपमा विकास भएको ठाकुरद्धारामा साउन ३० गते आयोजित अन्तरक्रिया कार्यक्रममा मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने विषयमा छलफल भएको थियो । मध्यवर्ती क्षेत्रमा पर्यटन विकास, स्थानीयको आयआर्जन वृद्धि गर्ने लगायतका विविध विषयमा पनि छलफल भएको छ ।
कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोक कुमार रामले बन्यजनतु र मानव बिचको द्धन्द्ध, द्धन्द्धको कारण, द्धन्द्ध न्यसनकरणका उपाय लगायतको विषयमा जानकारी गराएका थिए । प्रमुख रामले पछिल्लो समय मानव बस्तीसँग जोडिएको सामुदायिक वनलाई वन्यजन्तुले वास स्थानको रुपमा विकास हुदै आएको बताउदै जसका कारण मानव र वन्यजन्तुको बिचमा द्वन्द्व हुदै आएको बताए । प्रमुख रामले जहाँ मन मिल्दैन त्यहाँ द्धन्द्ध हुने गरेको बताए । मानव र बन्यजन्तुले एकअर्काको सहअस्तित्व नस्विकार्दा द्धन्द्ध हुने बताउदै एकअर्का बिचको अस्तित्व स्विकार गरी द्धन्द्ध कम गर्न सकिने उन्ले बताए । हाल सम्म हात्तिको आकर्मणबाट ३५२ र बाघको आकर्मणबाट २०० बढि मानवको ज्यान गइसकेको उन्को भनाइ थियो । बन्यजन्तुको आकर्मणबाट भएको क्षतिको सरकारले राहत दिदै आएको समेत उन्ले बताए ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिका वडा नं. ९ का अध्यक्ष राधा कुमारी चौधरीले जंगली जनावरको आक्रमणबाट मानिसको मृत्यू हुने, घाइते हुने, घरपालुवा जनावर मार्ने खाने, बालीनाली खाइदिने, बालीनाली नष्ट गरिदिने, जस्ता समस्या हुने गरेको बताइन् । बन्यजन्तु र मानव बिचको द्धन्द्ध कम गर्न पालिकाको तर्फबाट सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र राहत ब्यवस्थापनको काम भइरहेको उन्को भनाइ थियो । गेरुवा गाउँपालिका वडा नं. ३ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक निर्मल थारुले पछिल्लो समय बन्यजन्तुहरुको घुम्ने र खेल्ने ठाउँको अभाव भएकाले बन्यजन्तुहरु आफ्नो आहारको लागि बाहिर निस्किने गरेको बताए । मानव वस्ति बढ्रदै जाने जनावरको संख्या पनि बढ्दै जाँदा द्धन्द्ध हुँदै गएको चौधरीको भनाइ थियो ।
कार्यक्रममा जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको कार्यक्रम बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेका थिए भने बासका कार्यकारी निदेशक नमस्कार शाहले स्वागत संगै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।









