कपिलवस्तुको बुद्धभूमिस्थित गोरूसिङ्गे पौवा होटेलमा राष्ट्रिय स्वतंत्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी संग नेपाल स्वयंसेवक संघका अध्यक्ष खेमराज पौडेलको भेटघाट भएको छ । भेट क्रममा नेपाल लाई समुन्नत बनाउन सम्पुर्ण नेपालीहरूको दायित्व हो, समृद्ध नेपाल र सुखी नेपालीलाई यथार्थमा परिणतगर्न साथै बाटो पहिल्याउन, सम्भावनाहरूको खोज सामुहिक प्रयत्न बाट मात्र सम्भव हुने तथा समन्वय र सहकार्यको मार्गचित्र कोर्नु बर्तमानमा अत्यावश्यक देखिएको राष्ट्रिय अध्यक्ष खेमराज पौडेलले भनाई राख्नु भएको थियो ।
रास्वपा महामन्त्री बुर्लाकोटीले साथीहरू एकत्रित भइ देशको राजनीति र अर्थतन्त्रमा युवाहरूलाई कसरी जोड्ने भन्ने विषयमा विशेष छलफल भएको थियोे। साथमा सफल व्यवसायी र केन्द्रीय सदस्य राशीद मिर्जा र कपिलवस्तु रास्वपा जनसंगठन प्रमुख ऋषिराम भट्टराई लगायतको उपस्थिति रहेको थियो।









