नेपालगञ्ज / जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध ‘गौर हत्याकाण्ड’ विवादमा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि उक्त पार्टी बिरोधमा उत्रेको छ।
सो परमादेशको विरुद्धमा सो पार्टी सम्बद्ध संगठनहरुले आज माईतिघर मण्डलामा बिरोध प्रदर्शन गरेका थिए । बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि गिरफ्तार गरेको सो पाटीकी केन्द्रीय सदस्य अम्बिका काफ्लेले बताईन् ।

उनले फेसबुकमा हामीहरू पहिचानबादीलाई प्रहरीले गिरफतार गरेको स्टाटस पोष्ट गरेकी छन् । पार्टी प्रवक्ता मनिष सुमन, केन्द्रीय सदस्य अम्बिका काफ्ले लगायत १८ जनालाई प्रहरीले गिरफ्तार गरेको काफ्लेले बताईन् । उनीहरुलाई अनामनगर सिंहदरबार प्रहरीमा राखिएको छ ।









