त्यो कालो दिन

टंक बिष्ट

आज मेरो जिन्दगीको कालो दिन सपाङ्गताबाट अपाङ्गता भएको दिन, मैले मेरो दुबै खुट्टा गुमाएको दिन। जब २०७९ भदौ ३ गते दिउसो करिब २ ३० बजेको समयमा मेरो जीवन कोलो बादलमा परिर्णत भयो ।

भनिन्छ नि जिन्दगीले अर्को मोड लिन दिन, महिना, बर्ष, कुर्नु पर्दैन सेकेण्ड को सेकेण्ड मै नसोचेको भइदिन्छ । मेरो पनि सेकेण्डमै पहिलेको अवस्थामा कहिलै नफर्किने गरी यस्तो मोड लियो । त्यो दुर्घटना मेरो लागि जीवनको अविस्मरणीय पल बन्न पुग्यो । मेरो शरीरको मेरुदण्ड भाँचियो ।आफ्नो शरीरको आधा भाग अर्थात कम्मर मुनिको भाग गुमाउन पुगेँ। जति उपचार गर्दा नि स्वास्थ्यमा कुनै सुधार आएन। बुझ्दै जाँदा मेरुदण्ड भाचिएको ९कउष्लब िअयचम ष्लवगचथ० को संसारमा उपचार छैन भन्ने बुझियो।
जोडेर नजोडिने नशा खण्ड खण्ड भएको छ ।
त्यहि घाउ जिन्दगीभरिलाई डण्ड भएको छ ।
बस्नै गाह्रो सुत्नै गाह्रो हिड्डुल गर्नै झनै गाह्रो ।
पूर्ण स् शरीरको कमजोर मेरुदण्ड भएको छ

जे जस्तो भएपनि अनेकौ दुःख पीडाहरू सहँदै अघि बढिरहेको छु । जीवन सोंचेको जस्तो कहाँ हुँदो रहेछ र, कस्को भाग्यमा के लेखिएको छ, कसैलाई थाहाँ नहुनेरहेछ । जे लेखिएको छ त्यो भोग्दै जाने त हो। भाग्यमा लेखेको कुरा टारेर नि कहाँ टर्छ र, त्यो एकदिन भएरै छोड्दोरहेछ ।
पुरै जीवनको खाका खाच्न धेरै गाह्रो हुँदोरैछ
मनका चाहना मनमै साच्न धेरै गाह्रो हुँदोरैछ
लेउ लागेको जिन्दगीले काँचुली फेर्न नसक्दा
आँसु नै आँसु पिएर बाँच्न धेरै गाह्रो हुँदोरैछ ।

संधै एउटै कुराले धेरै मन दुख्ने गर्छ। बाबा आमालाई सुख दिने बेलामा अपाङ्गता भए । उल्टै बोझ पो भए जस्तो लाग्छ । खै यो जुनीमा हजुरको दुधको ऋण तिर्न सक्छु कि सक्दैन थाहाँ छैन आमा यदि सकेन भने अर्को जन्म हजुरकै छोरा भएर जन्मेछु भने पक्कै तिर्नेछु।
कमल जस्तै हिलोमा फूलेर रमाईदिउँला आमा
तिम्रो दुःखको लेउहरू पन्छयाईदिउँला आमा
माफ गर्नु यो जुनीमा कसिङ्गर बनेर बिझाई रहे
अर्को जुनीमा श्रृंगार भएर सजाईदिउँला आमा ।

मेरूदण्ड पक्षघात ९ क्उष्लब िअयचम ष्लवगचथ ० रोग नभए पनि रोग भन्दा खतरनाक हुँदो रहेछ । जब आफु लाई पर्यो तब थाहाँ पाए । अहिले अनेकौं पिडा हरू भोग्दै छु ।

  • ३ भाद्र २०८२, मंगलवार प्रकाशित

  • Nabintech