युवा तथा लक्षितबर्गका सवालहरु सम्बोधन गरिदिन मुख्यमन्त्रीको ध्यानाकर्षण

असल शासन प्रतिनिधि

धनगढी । सुदुरका आवाज (बहुसरोकारवाला नागरिक संलग्नता पैरबी मञ्च) ले सुदुरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री खगराज भट्टलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नागरिक संलग्नता अभिबृद्धीका लागि सुदुरपश्चिम प्रदेशमा काम गरिरहेको मञ्चले युवा तथा लक्षितबर्गको सवालहरु सम्बोधन गरिदिन प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
मंसिर ७ गते मुख्य मन्त्री कार्यालयमा पुगेर प्लेटफर्म सदस्य निरङ चौधरी, सुशिला धामी, बास नेपालका परियोजना संयोजक हेमराज भट्ट, अफिसर करुणा मल्ल र सहजकर्ता रचना चौधरीले उक्त ध्यानाकर्षण पत्र हस्तान्रण गरेका थिए ।


हस्तान्तरण गरिएको पत्रमा सुदूरपश्चिम प्रदेशको युवा नीति निर्माण तथा स्वीकृतिको प्रक्रियालाई प्राथमिकता दिनुपर्ने, प्रदेश र स्थानीय तहको गुनासो सुनुवाई संयन्त्रलाई प्रभावकारी र पहुँचयोग्य बनाउनुपर्ने, लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना तथा रोकथामका कार्यक्रमलाई विद्यालय र समुदायसँग जोडेर सञ्चालन गर्नुपर्ने, बिद्यालय तहको स्थानीय पाठ्यक्रममा एकीकृत नागरिक शिक्षा समाबेश गर्ने गरि ब्यवस्थापन गर्नुपर्ने, यूवामैत्री स्थानीय शासन कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने, नागरिकको प्रत्यक्ष सहभागिता रहने सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, नागरिक प्रतिवेदनपत्र जस्ता अभ्यासलाई प्राथमिकताका साथ प्रभावकारी रुपमा सञ्चालन गर्दै सरकारका विकास योजना तथा बजेट कार्यान्वयनमा नागरिक अनुगमनलाई प्रोत्साहन गर्नुपर्ने, युवालाई नागरिक अधिकार तथा कर्तव्य, सार्वजनिक सेवा, सुशासन, सामाजिक जवाफदेहिता, डिजिटल अधिकार र सुरक्षित नागरिक सहभागितासम्बन्धी शिक्षा प्रदान गरियोस भन्ने बिषय माग गरिएको छ ।
भेटघाटको क्रममा संयोजक हेमराज भट्टले परियोजना मार्फत प्रदेशमा भइरहेका क्रियाकलापहरुको बारेमा जानकारी गराएका थिए ।

  • ८ मंसिर २०८३, सोमबार प्रकाशित

  • Nabintech