नेपालगन्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनलाई दिगो रुपमा स्थापित गर्न सरोकारवाला निकायहरुबाट सार्वजनिक प्रतिबद्धता गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघ, यातायायत व्यवासायी संघ, नेपालगगन्ज होटेल व्यवसायी संघ, नेपालगन्ज उपमहानगरपालिका लगाएतले नेपालगन्जको फोहोर व्यवस्थापनका लागि एकै ठाउँमा उभिने प्रतिबद्धता गरेका छन् । बागेश्वरी असल शासन क्लव बास नेपालले द कोकाकोला फाउण्डेसनको सहयोग र क्लिन अप नेपालको प्राविधिक साझेदारीमा नेपालगन्ज उपमहानगरपालिकामा आयोजना गरेको नगरपालिका स्तरीय समन्वय बैठकमा उक्त प्रतिबद्धता गरिएको हो ।

कार्यवाहक मेयरको जिम्मेवारीमा रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष समिर प्रताप सिंहले परियोजनाले अवलम्बन गरेको रणनीति स्वागतयोग्य भएको बताउँदै ठोस फोहोर संकलन गरी एम आर एफ लाई दिगो रुपमा अगाडी बढाउने नेपालगन्ज उपमहानगरपालिका नीतिगत रुपमा अगाडी बढने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले ठोस फोहोरबाट रोजगारी सिर्जना गर्न तथा पुन चक्रण गर्ने प्रक्रिया अगाडी बढाईकोमा खुसि व्यक्त गर्दै त्यसको व्यापक प्रचार प्रचार गर्न सहयोग गर्ने प्रतिबद्धता गरे ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जिवी वलीले नेपागन्ज उद्योग वाणिज्य संघले वार्षिक कार्ययोजनामा मुख्य मुख्य चोकहरुमा स्थाई प्रकारको वेष्टविन राख्ने योजना राखेको बताउँदै फोहोरलाई पुन चक्रण गर्ने प्रक्रियामा संघ मार्फत प्रचार प्रसार गरी एम आर एफको दिगोपनाको लागि सहयोग गर्ने बताए ।
नेपालगन्ज होटेल व्यवसायीका अध्यक्ष भिम कंडेलले होटेलहरुबाट उत्पन्न हुने फोहोरलाई यस परियोजनामा मार्फत संचालनमा रहेको एम आर एफ सम्म पुगाउन आफुहरु तयार रहेको बताए ।
त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. २ का पूर्व वडाअध्यक्ष सुनिल सिँह हमालले टोल टोलमा संकलन केन्द्र स्थापना गरी समूहिक रुपमा फोहोर संकलन केन्द्र स्थापना गर्न सकेको खण्डमा स्थानीयलाई सहज हुनुका साथै ढुवानी लागतमा समेत सहजता हुने विषय उठान गरे भने समाजसेवी तेज विक्रम शाहले एम आर एफको दिगोपानको बारेमा चाँसो व्यक्त गरे ।
कार्यक्रममा विभिन्न संघसंस्था, स्थानीय जनप्रतिनिधि, नेपालगन्ज उपमहानगरपालिकाका विषयगत शाखाका शाखा प्रमुखहरु, सरसफाई अभियानकर्मी, जलवायु क्षेत्रका विषय विज्ञहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमा परियोजनाको १८ महिनाको प्रगति र भावि योजना बागेश्वरी असल शासन क्लव बास नेपालका कार्यक्रम अधिकृत रविन्द्र बोहराले प्रस्तुत गरेका थिए भने सहजिकरण कार्यक्रम संयोजक मन बहादुर भण्डारीले गरेका थिए । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्ष कार्यक्रम संचालन गरिएको थियो ।
प्लाष्टिकजन्य फोहोरलाई पुनचक्रण गर्ने उदेश्यका साथ नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ मा एम आर एफ संचालनमा रहेको छ ।









