प्रधानमन्त्रीलाई भेट्न पाएनन् नवराजले

असल शासन प्रतिनिधि

नेपालगञ्ज / ३१ दिनअघि सुर्खेतबाट खाली खुट्टा यात्रा सुरु गरेका नवराज बोहोरा अन्तत काठमाडौं आइपुगे ।

कर्णालीका जनताको पीडा, समस्या र आफ्ना अभियानको आवाज प्रधानमन्त्रीसम्म पु¥याउने उद्देश्य बोकेर उनी राजधानी आएका थिए तर राजधानीमा पुग्दा उनको त्यो चाहना अधुरै रह्यो ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटको अवसर नपाएपछि उनलाई एकजना उच्च पदस्थ सरकारी कर्मचारीसँग मात्र समय मिलाइयो । अन्तत प्रधानमन्त्री कार्यालयबाट एक जोर जुत्ता दिएर उनलाई विदा गरियो ।

जीवनभर समाजसेवा र उद्धारमा समर्पित नवराजका सवालहरू सम्बोधनको पर्खाइमा छन् । उनको संघर्षले उठाएका आवाजहरू सही ठाउँसम्म पुगून् भन्ने अपेक्षा अझै बाँकी छ ।

  • ४ असार २०८२, बुधबार प्रकाशित

  • Nabintech