कोरोना नियन्त्रण कार्यमा गैससको सहकार्य आवश्यकः प्रमुख जिल्ला अधिकारी गेलाल

असल शासन प्रतिनिधि

नेपालगन्ज / कोरोना कहर बढ्दै गएपछि नियन्त्रणका लागि सबैक्षेत्र लाग्नुपर्ने आवश्यकता औल्याइएको छ ।

यसै आवश्यकतालाई मध्यनजर गर्दे विहिवार गैर सरकारी संघ संस्थाहरुको सहकार्य र समन्वय वृद्धि गर्न बाँकेमा छलफल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालको अध्यक्षतामा सम्पन्न वैठकमा कोरोना व्यवस्थापनका लागि गैससहरुका तर्फबाट स्वयमसेवक परिचालन , स्वास्थ सामग्रीमा सहयोग तथा जनचेतना फैलाउने कार्यमा सहयोग गर्ने निर्णय भएको छ ।

वैठकलाई सम्वोधन गर्दे प्रमुख जिल्ला अधिकारी गेलालले समन्व्य र सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

वैठकमा गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले कोरोना नियन्त्रणका लागि हिजोका दिनमा पनि प्रयासरत रहेको र आजका दिनमा पनि प्रयासरत रहेकाले उक्त निर्णयहरु कार्यान्वयन गर्नका लागि प्रतिवद्ध रहेको बताए ।

 

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech