वेष्टर्न हस्पिटलमा कोभिड वार्ड

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज स्थित वेष्टर्न हस्पिटल प्रालिले १६ बेडको कोभिड  वार्ड संचालन गरेको छ ।

यसअघि कोभिड–१९ को महामारी फैलिदै गएपछि २०७८ वैशाखको पहिलो सातादेखि नै ४ बेडको कोभिड वार्ड संचालन गरी कोभिडका संक्रमित बिरामीहरुलाई शल्यक्रिया सहितको उपचार सेवा दिदै आएकोमा बुधबारदेखि कोभिड डेलिकेटेड वार्डको बेड थपेर १६ पुर्याएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल थापाले एक प्रेस नोट जारी गर्दै अस्पतालले अर्थाेपेडिक र ट्रमा सम्बन्धी १३ वटा, जनरल सर्जरीका ३ वटा र प्रसुती तथा स्त्रीरोगसँग सम्बन्धित २ वटा गरी १८ जना संक्रमितलाई शल्यक्रिया सहितको उपचार सेवा दिएको जानकारी गराएका छन् ।
सो अस्पतालको अर्थाेपेडिक र ट्रमा बिभागमा डा. बिनोद थापा, डा. किरन गुरुङ, डा. बसन्त सापकोटाले बिरामीहरुको उपचार गर्दै आएका छन् ।

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech