स्वास्थ्यकर्मी कुटपिट घटनाको छानविन समितिले काम अगाडि बढायो

असल शासन प्रतिनिधि

 

नेपालगन्ज / भेरी अस्पतालका स्वास्थ्यकर्मी माथि भएको आक्रमणबारे छानविनका लागि छानविन समितिले काम अगाडि बढाएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा छानविन समितिका संयोजक शंकरबहादुर विष्टले घटना विवरण र सुझाव सहितको प्रतिवेदन समितिले ३० पृष्ठको प्रतिवेदन बुझाएको हो ।

सोमबार सांझ प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाललाई वुझाइएको जनाइएको छ ।
प्रतिवेदन वुझिसकेपछि प्रजिअ गेलालले प्रतिबेदनमा भनिए अनुसार जतिसक्दो छिटो पहल थाल्ने बताए ।

बिहीबार राती दाङको तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेका थिए।

डाक्टर तथा नर्समाथि आक्रमण र अस्पतालमा तोडफोडमा उत्रिएका मानबहादुर रावत, लोकराज र भरत रावतलाई प्रहरीले घटनाकै दिन राति नै पक्राउ गरिसकेको छ ।

पीडित डाक्टर, नर्स र अस्पताल विकास समितिको जाहेरीका आधारमा तीनै जना विरुद्ध शुक्रबार नै ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech