स्वतन्त्रले दियो महासँघलाई १५ हजार सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज / स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले नेपाल पत्रकार महासँघ बाँके शाखालाई १५ हजार सहयोग गरेको छ ।
महासँघले खरिद गर्न लागेको एम्बुलेन्सका लागि स्वतन्त्रले सो रकम सहयोग गरेको हो ।
आज नेपाल पत्रकार महासँघ बाँके शाखा कार्यालयमा स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाह र राष्ट्रिय पार्षद निरज गौतमले महासँघका अध्यक्ष दामोदर भण्डारीलाई नगद १५ हजार रकम हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा महासँघका सचिब कमल डाँगी, स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका सचिब बिरेन्द्र जैसी, सदस्यहरु हेमराज भट्ट, खेम बिष्ट, मुना बिष्ट, तपेन्द्र बहादुर मलाती लगायतको उपस्थिती रहेको थियो ।

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech