नेपालगन्जमा बाघ संरक्षण र महत्व विषयक चित्रकला

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाघ संरक्षण र महत्व बिषयक चित्रकला प्रतियोगिता नेपालगन्जमा सम्पन्न भएको छ ।
विश्व बाघ दिवसको अवसरमा बाँके राष्ट्रिय निकुन्जको सहयोग तथा बास नेपालको आयोजनामा उक्त प्रतियोगिता आज सम्पन्न भएको हो ।
बाँके जिल्ला स्थित विभिन्न बिद्यालयका ३७ जना बिद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा राम धोबी प्रथम, श्याम धोबी द्धितिय, मुविना हुमागाँई तृतीय र विना चौधरीले सान्त्वना स्थान हासिल गरेका छन् । नेपालगन्ज स्थित धम्बोझि माबिमा भएको प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगिलाई कार्यक्रमका अतिथि बाँके राष्ट्रिय निकुन्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल बहादुर घिमिरे, निर्णायकहरु श्यामानन्द सिंह, भोजराज शर्मा नादीर, धम्बोझि माबिका प्रधानाध्यापक बामदेव सुवेदी, बाँके राष्ट्रिय निकुन्जका उत्तम कुमार चौधरीले क्रमशः नगद पाँच हजार, तिन हजार, दुई हजार र एक हजार सहित प्रमाण पत्र प्रदान गरेका थिए ।


प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै बाँके राष्टिय निकुन्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल बहादुर घिमिरेले जुन वनमा बाघ हुन्छ त्यो बन स्वच्छ हुने बताए । उनले नेपालमा बाघको संरक्षणका लागि विभिन्न कार्यहरु भईरहेको भन्दै बाँके राष्ट्रिय निकुन्जले बाससँगको सहजिकरणमा गरेको प्रतियोगिताले बाघ संरक्षण सम्बन्धि सचेतना अभिबृद्धी गरेको बताए । नेपालले २०२२ सम्ममा दोब्बर अर्थात २५० बाघ पुर्याउने लक्ष्यका साथ अगाडी बढीरहेको भन्दै उक्त लथ्य पुरा गर्न बाघको संरक्षण अपरिहार्य हुने उनको भनाई थियो ।

बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रमको समापन बासका निर्वतमान अध्यक्ष मन भण्डारीले गरेका थिए । प्रतियोगितामा सहभागिता जनाउने सबै सहभागिलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको चित्रकला प्रतियोगिताका संयोजक शोभा थापा मगरले
बताईन् ।

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech