बुद्धको जहाजमा महिला बेहोस

असल शासन प्रतिनिधि

नेपालगन्ज/ खराब मौसमका कारण जहाज आकासमा होल्ड भएपछि एक महिला बेहोस भएकी छन् । बिहीबार काठमाडौंदेखि नेपालगन्ज आएको बुद्ध एयरको जहाज खराब मौसमका कारण ३५ मिनेट आकासमा होल्ड भएपछि ती महिला बेहोस भएकी हुन् ।

बुद्ध एयर नेपालगन्जका व्यवस्थापक विनित शाहका अनुसार काठमाडौंबाट बिहान ७:४४ बजे उडान भरेको जहाज नेपालगन्ज बिमानस्थलमा ८:४४ मा अवतरण हुनु पर्नेमा ३५ मिनेट आकासमै होल्ड भएपछि काठमाडौं निवासी यात्री जानुका थापा आत्तिएर बेहोस भएकी हुन् ।

बेहोस भएकी थापालाई राँझास्थित नेपाली सेनाको अस्पतालमा लगिएको छ भने उनको अवस्थामा सामान्य रहेको व्यवस्थापक शाहले जानकारी दिए ।

  • ६ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech