ओमिक्रोन संक्रमण न्यूनीकरणमा सक्रिय योगदान रास्ट्रको लागि

असल शासन प्रतिनिधि

बाँके/ सामाजिक क्षेत्रमा क्रियाशील संस्था योगदान राष्ट्रको लागि जिल्ला कार्यसमिति नेपालगन्ज र मानवबेचबिखन तथा आोसारपसार विरुद्ध कार्यरत संस्था शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय नेपालगन्ज, बाँकेको संयुक्त आयोजनामा नेपालगन्ज स्थित जमुनाहा नाकामा कोभिड -१९ विरुद्ध सचेतनामुलक तथा १ दिने नि:शुल्क मास्क वितरण कार्यक्रम आयोजना गरिएको छ ।

योगदान राष्ट्रको लागि बाँकेको जिल्ला अध्यक्ष सागर सिंह ठकुरी,  केन्द्रीय सल्लाहकार मिम बहादुर सिंह , पूर्व अध्यक्ष प्रकाश् कुवार लगायतको उपस्तिथिमा सम्पन्न कार्यक्रममा भारतबाट नेपालतर्फ आउने र नेपालबाट भारततर्फ जाने बिना मास्क यात्रा गरिरहेका व्यक्तिहरुलाई बढ्दो कोभिड -१९ को ओमिक्रोन भरियन्टबारे सचेत गराउँदै मास्क प्रयोग गरी सुरक्षित यात्रा गर्नेबारे जानकारी गराइएको थियो ।

कार्यक्रम संयोजक निर्मल सुवेदीले कोभिड-१९ को ओमिक्रोन भेरियन्टको बढ्दो संक्रमणको अवस्थामा मास्कको प्रयोग तथा स्वास्थ मापदण्डको उचित पालनाबारे सचेतना जगाई बढ्दो संक्रमण न्यूनीकरणका लागि हातेमालो गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

  • ११ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech