महाधिबेशनको तयारी तिब्र

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बास नेपालको ९ औं महाधिबेशन तथा भ्रष्टाचार बिरुद्धको पाँचौ राष्ट्रिय युवा सम्मेलनको तयारी तिब्र रुपमा भईरहेको छ ।

चैत्र १८ र १९ गते नेपालगञ्जमा हुने महाधिबेशन तथा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो ।

भेरी प्राविधिक शिक्षालय नेपालगञ्जमा हुने सम्मेलनको उद्घाटन राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा र भ्रष्टाचार बिरुद्धका अभियन्ता केदार खडकाले गर्ने भएका छन् ।

७७ वटै जिल्लामा शाखाहरु मार्फत भ्र्रष्टाचार बिरुद्ध कार्य गरिरहेको बासका शाखा, उपशाखा, ईकाईका प्रतिनिधि, पर्यबेक्षक, भ्रष्टाचार बिरुद्ध कार्यरत संघ, संस्थाका प्रतिनिधिहरु गरि ५०० बढिको सम्मेलनमा सहभागिता रहनेछ ।

भ्रष्टाचार बिरुद्ध अभियन्ता, सामाजिक अभियन्ता लगायतको सहभागिता रहने सो सम्मेलन पूर्ब बिहान १०.०० बजे देखि नेपालगञ्जको गणेशमानचौक देखि चारबाहिनी रोड, त्रिभुवनचौक हुँदै बिपी चौक गएर भेरी प्राविधिक शिक्षालयमा पुगि सम्मेलनमा परिणत हुनेछ ।

बिभिन्न साँस्कृतिक प्रश्तुतीसँगै भ्रष्टाचार बिरुद्ध बिभिन्न बिषयहरुमा छलफल हुनेछ । सम्मेलनबाट भ्रष्टाचार बिरुद्ध नेपालगञ्ज घोषणा पत्र जारी हुनेछ । महाधिबेशनको दोश्रो दिन बन्दशर्त हुनेछ । बन्दशर्तबाट तीन बर्षका लागि बासको केन्द्रीय नेतृत्व चयन हुनेछ ।

स्टिकर सार्वजनिक
बास नेपालको महाधिबेशन नजिकिदै गर्दा महाधिबेशनको स्टिकर सार्वजनिक गरिएको छ ।

दिगो बिकास र समृद्धिका लागि सुशासन, बासको ९ औं महाधिबेशन तथा भ्रष्टाचार बिरुद्ध पाँचौं राष्ट्रिय युवा सम्मेलन उल्लेखित स्टिकर सार्वजनिक गरिएको हो ।

बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, उपाध्यक्ष लुना बुढाथोकी, निबर्तमान अध्यक्ष मन भण्डारी, महासचिव शिब कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले स्टिकर सार्वजनिक गरेका हुन् ।

स्टिकर सार्वजनिकरणमा बासका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

  • १० चैत्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech