बुटवल/ महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
मन्त्री वली आफ्ना एक पीएसओसहित एकराज बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा आज बिहान प्रवेश गरेकी थिइन् ।
घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनले कोठाभित्रको दराजसमेत तोडफोड गरेको बताइएको छ ।