पहिरोमा गयो दुईको ज्यान

असल शासन प्रतिनिधि

दार्चुला/ गय राती खसेको पहिरोमा परि दार्चुलाका दुई जनाको मृत्यु भएको छ ।

जानकारी अनुसार, दार्चुला जिल्ला नौगाड गाउँपालिका वडा नं. १ सल्ला गाउँमा खसेको पहिरोमा परि मृत्यु हुनेमा ३५ वर्षीय जानकी ठगुन्ना, १५ वर्षीय धनुली ठगुन्ना रहेका छन ।

पहिरोमा परी दिला ठगुन्ना, रम्ब्बा ठगुन्ना र फागुनी ठगुन्ना गम्भीर घाइते भएका छन ।

गत राती अविरल रुपमा परेको पानीका कारण खसेको पहिरोमा १० ओटा घर पुर्ण रुपमा पुरिएका छ्न भने खाध्यान्न लगाएत धन जनको क्षति भएको स्थानीय अर्जुन ठगुन्नाले बताएका छन ।

पहिरोले पुर्‍याएको पुर्ण क्षतिको विवरण आउन बाँकी रहेको छ ।

  • २५ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech