नेपालगन्ज बिमानस्थलमा निलगाई

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालगन्ज विमानस्थल परिसरमा निलगाई देखापरेको छ ।

बिमानस्थलको रनवे नजिक देखिएको निलगाईका कारण विमानस्थलमा असुरक्षा देखिएको हो ।

रनवे नजिक रहेको झाडीमा अहिले पनि निलगाई लुकेर बसेको अवस्थामा रहेको बिमानस्थल स्रोतले बतायो ।

बिमानस्थलका अनुसार, सुरक्षाकर्मीसहित सबै लागेर निलगाईलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ ।
बिमानस्थलमा निलगाई भेटिएपनि विमानस्थल सुचारु रहेको बताए ।

यसअघि पनि पटक-पटक जहाजसँग रनवेमा बँदेल ठोक्किएको घटना सार्वजनिक भएको थियो ।

विमानस्थल भित्र बढेको झाडीमा बँदेल, स्याल, निलगाई जस्ता वन्यजन्तुहरुले बासस्थान बनाउँदा दुर्घटनाको सम्भावना रहँदै आएको छ ।

  • २० मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech