नेपालगन्ज/भ्रष्टाचार बिरुद्ध नेपालगञ्ज वाकाथनको तयारी पुरा भएको छ ।
भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) बिहान ७ बजे देखि नेपालगन्जको गणेशमान चौक देखि शुरु हुने भ्रष्टाचार बिरुद्ध नेपालगञ्ज वाकाथन (Nepalgunj Walkathon) को सम्पूर्ण तयारी पुरा भएको हो ।
नेपालगन्ज वाकाथनको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था बास नेपालले जनाएको छ । बासका अनुसार भोली विहान ७ बजे नेपालगन्जको गणेशमान चौक देखि वाकाथन शुरु भएर जिल्ला प्रशासन कार्यालय, त्रिभुवन चौक हुदै बिपि चौकमा पुगेर समापन हुने कार्यतालिका रहेको छ ।
भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं (lets walk together for Anti–corruption) भन्ने नाराका साथ हुने वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, सडक नाटक, पर्चा, पम्लपेट बितरण, बिभिन्न प्रतियोगिता लगायतका गतिविधिहरु हुने छन् । कार्यक्रममा जो कोही पनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा अपिल गरिएको छ । दोश्रो पटक गर्न लागिएको वाकाथनले भ्रष्टाचार बिरुद्ध जागरण ल्याउने र नेपालगञ्जको पहिचानलाई व्यापकता दिने अपेक्षा आयोजकले गरेकोछ ।