नेपालगन्ज/ १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बिहीबार राति एक युवालाई पक्राउ गरेको छ । प्रहरीले लमही नगरपालिका–९ बस्ने २२ वर्षीय अनोवर कुमार यादवलाई पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो । जबरजस्ती करणीको उजुरी परेपछि यादवलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।