गुराँस गाउँपालिकामा सकारात्मक सोच

असल शासन प्रतिनिधि

नेपालगन्ज/ दैलेखको गुराँस गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि सकारात्मक सोच र सामाजिक जवाफदेहिता बिषयक तालिम सम्पन्न भएको छ । गुराँस गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा पौष २५ गते सो तालिम सम्पन्न भएको हो ।

गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीको अध्यक्षतामा भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारका पुर्व सचिब कृष्ण हरि बास्कोटाले सुशासन, सूचनाको हक, नेतृत्व बिकास, पालिकाकाका काम, कर्तव्य र अधिकार, स्थानीय सरकारको प्राथामिक्ता, सकारात्मक सोच, स्थानीय सरकारले गर्नुपर्ने काम, सामाजिक जवाफदेहीता, सार्ववजनिक सुनुवाइ, स्थानीय तहका राम्रा अभ्यासहरु, योजना तर्जुमा लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । बास नेपालका कार्यक्रम ब्यवस्थापक मन भण्डारीले सञ्चालन गरेको तालिमको उद्घाटन सत्रमा बासका केन्द्रीय उपाध्यक्ष शिव कुकार वर्माले स्वागत गरेका थिए । तालिमको समापन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष बिसीले तालिमबाट पालिकाले गर्नुपर्ने काम र जनप्रनिधि तथा कर्मचारीको भुमिकाको विषयमा स्पष्ट भएको बताएका थिए ।

तालिममा बोल्दै उपाध्यक्ष शिवा कुमारी खड्काले तालिमले जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास भएको बताउदै प्रभावकारी सेवा प्रवाहको सिप सिकाइ भएको बताएकी थिइन । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर बिसीले तालिमबाट जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास भइ काम गर्ने सकारात्मक उर्जा थपिएको बताउदै यस्ता किसिमका तालिम नियमित सञ्चालन गर्ने बताए । तालिमका सहभागिहरुले तालिम जनप्रतिनिधि र कर्मचारीहरुका लागि अति उपयोगी भएको बताउदै सकारात्म्क सोचको विकास भएको बताएका थिए ।

तालिमका सहभागिहरुले तालिमले जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास भएको बताउदै प्रभावकारी सेवा प्रवाहको सिप सिकाइ भएको बताएका थिए । तालिममा नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, बिषयगत शाखाका प्रमुख, बिभिन्न सामाजिक संस्थाका प्रतिनिधि लगायत ६० बढिको सहभागिता रहेको थियो ।

  • २७ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech