प्रेमलाई ६ प्रश्न

तपेन्द्र मलाती

प्रेम बडुवाल
प्रधानाध्यापक
महेन्द्र माध्यामिक विद्यालय पन्चदेवल विनायक नगपालिका–४, अछाम

१. तपाईको जीवनको आर्दश के हो ?
समाजमा सफल मानिस बन्नु मेरो आदर्श हो ।

२. कसको उत्पे्ररणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
आमा बुवा र स–परिवार र मेरा गुरुहरुको सकारात्मक मार्ग निर्देशका कारण म यहाँसम्म पुगेको हुँ ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
समाजलाई सकेसम्म खुसी बनाउने काम मैले गरिरहेको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
मेरी आमाको अप्रेशन सफल भएको क्षण मेरो जीवनको अविस्मरणीय क्षण रह्यो ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
जनताले पाउने,जनताको उत्तरदायित्वसहितको र जनताको पक्षको न्यायिक शासन नै मेरो बुझाइमा असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
समाजलाई खुुसी पार्नका लागि मेरो बुद्धि विवेकले भ्याएसम्म समाजका लागि काम गर्ने मेरो प्रतिबद्धता हो ।

  • २९ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech