प्रादेशिक महोत्सवः शुक्रबार भुवन, सिर्जना र बसन्त आउँदै

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा शुक्रबार गायिका सिर्जना खत्री लगायतका राष्ट्रिय कलाकारहरु आउने भएका छन् ।नेपालगन्जको कारकाँदोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको चौथो दिन राष्ट्रिय ख्याति प्राप्त एवम् चर्चित कलाकार गायक भुवन खड्का, गायिका सिर्जना खत्री, गायक बसन्त लम्साल आउने कार्यक्रम तय भएको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।

बिहीबार भने गायक टंक तिमिल्सिना, गायिका एवं उद्घोषिका शोभा त्रिपाठी र गायिका श्रीदेवी चौधरीले आफ्ना बेजोड प्रस्तुतिले २० हजार बढी दर्शकलाई मनोरञ्जन गराउँदै माहोल तताएका थिए । बिहीबार उद्घोषिका शोभा त्रिपाठी र प्रेरणा गिरीले संचालन गर्ने समितिले जनाएको छ। यस बाहेक दर्शकले महोत्सव अवधिमा नृत्य प्रतियोगिता, चर्चित कलाकारसंँग मनोरञ्जन गर्ने, कुस्ती प्रतियोगिता हेर्ने मौका र स्टल अवलोकन गरेर व्यापार प्रवर्द्धनमा टेवा पुर्‍र्याइरहेका छन् । दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन लुम्बिनी प्रदेश स्तरीय डान्स प्रतियोगिता हुँदैछ । दर्शकले विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति हेर्नुका साथै बाल उद्यान, स्टल अवलोकन गरेर भरपूर्ण आनन्द उठाईरहेका छन् ।

महोत्सवको आकर्षणका रुपमा थारु गाउँ समेत राखिएको छ । थारु गाउँमा समेत दर्शकलाई छुटटै मनोरञ्जनका लागि थारु परिकार, थारु नाच, थारु गीतसंगीतले भरपुर मनोरञ्जन गराएको महोत्सवका प्रत्यक्षदर्शी बताउँछन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा माघ २४ गतेसम्म कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव संचालन भइरहेको छ ।

  • १२ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech