दाङ शाखा अध्यक्षमा बिपिन आचार्य

असल शासन प्रतिनिधि

नेपालगञ्ज/भ्रष्टाचार बिरुद्द क्रियाशिल संस्था बास नेपालले दाङको सदरमुकाम घोराही बजारमा बास नेपालको शाखा पुनर्गठन गरेको छ ।

चैत्र ८ गते सम्पन्न भेलाले पुनर्गठित दाङ शाखा अध्यक्षमा सामाजिक क्षेत्रमा क्रियाशिल युवा बिपिन आचार्यालाई चयन गरेको छ ।
१३ सदस्य कार्य समिति चयन गरिएको शाखाको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः समिर वली, बिमला घर्ती, चन्द्र प्रकाश नेपाली र अंशु नेपाली रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमश सुनयना जैशी, भबिसरा घर्ती, निना शर्मा, सरस्वती चौधरी, लिलाधर वली, छबि पुरी, अनामिका चौधरी र धना शाह रहेका छन् ।

त्यसैगरी उक्त भेलाले समाजसेबी तथा प्रध्यापक सुन्दर गौतम र पत्रकार अनिल अधिकारी लाई दांग शाखाको सल्लाहकारमा चयन गरेको छ ।
शाखा पुनर्गठन पश्चात अध्यक्ष बिपिन आचार्याले अब दाङ शाखालाई सशक्त रुपमा अगाडी बढाएर लैजाने कुरा बताए । बास नेपालको उद्धेश्य बमोजिम जिल्लामा सुशासन युक्त समाज निर्माणको लागि सबै साथीहरुलाई एकजुट बनाएर लैजान्छु —उनले थपे ।

कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र जनसम्पर्क अधिकृत माधव कार्कीको उपस्थिती रहेको थियो ।

  • १० चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech